उत्कृष्ट नीजि महाविद्यालयकारुपमा परस्कृत बनहार्ट कलेजलाई ‘क्यूएए सर्टिफिकेट’

काठमाण्डौँ,२४ फागुन । शिक्षा मन्त्रालयबाट यसवर्ष उत्कृष्ट नीजि महाविद्यालयका रुपमा परस्कृत काठमाण्डौँ बाफलको बर्नहार्ट कलेज उच्च शिक्षा सञ्चालन गर्नेमध्ये नीजि क्षेत्रमै पहिलो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट ) पाउन सफल भएको छ । अनुदान आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणतस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आवद्ध भई संस्थागत गुणस्तर मूल्याकंनका सबै चरण पुरा गरेपछि बर्नहार्ट कलेजले क्यूएए प्रमाणपत्र प्राप्त गरेको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले आयोगमा शुक्रबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख सहदेव सिग्देललाई क्यूएए सर्टिफिकेट प्रदान गर्नुभयो ।

“त्रिवि सम्बन्धनमा सञ्चालित उच्च शैक्षिक सस्थामध्ये क्यूएए सर्टिफिकेट पाउने बर्नहार्ट पहिलो नीजि कलेज हो,” शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सहदेव सिग्देलले भन्नुभयो । त्रिवि सम्बन्धनमा देशभर एकहजार चारसय कलेज सञ्चालित छन् तीमध्ये अधिकाश नीजि छन् । कलेजमा नियमित हुने पठनपाठनको गुणस्तर, आधुनिक प्रयोगशाला तथा पुस्तकालय, कलेज छाडेपछि हुने जागिरको प्रत्याभूति, कलेजको वातावरण, पढाई योजना लगायतका सूचकांकका स्थलगत एव प्राज्ञिक अनुगमनका आधारमा उक्त प्रमाणपत्र दिइने बताइएको छ । विश्वभरिनै विद्यार्थीको पहिलो रोजाइ केन्द्रीय विश्वविद्यालय, दोस्रो स्टेट, तेस्रो सामुदायिक र चौथौँ नीजि हुने गर्दछ । क्यूएए सर्टिफिकेटले गुणस्तरीय शिक्षा पढ्न चाहनेलाई विश्वको जुनसुकै ठाउँमा गएपनि सरल र सहज हुनेछ ।


“ क्यूएए सर्टिफिकेट प्राप्त भएसँगै आगामी दिनमा गुणस्तरीय उच्च शिक्षा सेवा प्रदान गर्ने कलेजको उद्येश्यमा थप उत्साह र उर्जा मिलेको छ,” क्याम्पस प्रमुख सिग्देलले खुशी हु्ँदै भन्नुभयो ।त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित विसं २०६० मा स्थापित सो कलेजमा व्यवस्थापन, मानवीकी र विज्ञान विषयमा स्नातक तथा स्नातकोत्तर तहमा गरी करिब पाँचसय विद्यार्थी अध्ययनरत छन् । बीएस्सी, सीएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बीएएसडब्लु र एमबीएसको सो कलेजमा पठनपाठन हुन्छ । क्यूएए सर्टिफिकेट पाँच वर्षको लागि हो ।

कलेजले पीअर रीभ्यू जोर्नल प्रकाशन गर्ने तयारी गरेको छ । भ्यालु एडेड कक्षा, प्लेसमेण्ट, तालिम र काउन्सिलीङका काम पनि नियमित कलेजमा हुने जनाइएको छ । विद्यार्थीको सीप र दक्षता बढाउन राष्ट्रिय बर्नह्याक २०२० कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको सो कलेजका प्रायः कक्षा कोठामा मल्टीमिडिया छ । सामूहिक छलफल, व्यवस्थित पुस्तकालय, प्राज्ञिक क्यालेण्डर, इ लाइब्रेरी, पाठयोजना, विद्यार्थीको प्रस्तुति, अनुसन्धान कार्यमा विद्यार्थी सरिक हुने गर्छन् ।

Advertisment