मगर अध्ययनमा वार्षिक मगर प्राज्ञिक सम्मेलन हुने

काठमाडौं, १८ फागुन
नेपाल मगर बुद्ध सेवा समाज, केन्द्रीय समितिको आयोजनामा मगर अध्ययनका बारेमा वार्षिक मगर प्राज्ञिक सम्मेलन हुने भएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको सभाहलमा हुने मगर प्राज्ञिक सम्मेलनको संरक्षकमा नेपाल मगर संघ, केन्द्रीय समिति रहेको छ । यही फागुन २३ र २४ गते हुने सम्मेलनका सह–आयोजकहरूमा मगर समाज सेवा केन्द्र, ललितपुर, म्याग्दी मगर समाज, ललितपुर, तनहुँ मगर समाज, काठमाडौं, मिलीजुली मगर समाज, काठमाडौं, मगर उत्थान समाज, काठमाडौं, प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठान, गोरेबहादुर खपाङ्गीमगर फाउण्डेशन, माष्टर मित्रसेन प्रतिष्ठान, नेपाल मगर कर्मचारी संघ, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, मगर चलचित्रकर्मी संघ नेपाल र जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठान रहेका छन् । त्यसैगरी, सम्मेलनको प्राज्ञिक संयोजन भने नेपाल मगर लेखक संघ, केन्द्रीय समितिले गरेको छ ।
सम्मेलनको मिडिया पार्टनरमा नाइस टेलिभिजन र लाफाखबर डटकम रहेको छ । सम्मेलनले मगर जातिका बारेमा गरिएको विभिन्न शोध र अध्ययन एवं अनुसन्धानका बारेमा विभिन्न प्रस्तुती रहने नेपाल मगर लेखक संघका अध्यक्ष विष्णुकुमार सिंजालीमगरले जानकारी दिनुभयो ।

Advertisment