संगीतकार श्रीमान थुलुङको स्मृति ग्रन्थ प्रकाशन गरिने

पोखरा, १८ फागुन
स्कुटर दुर्घटनामा परी निधन भएका संगीतकार एवं गायक श्रीमान थुलुङको स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ ।
स्मृति ग्रन्थ प्रकाशनका लागि व्यवसायी एवं समाजसेवी डिकबहादुर (डीबी) राईको संयोजकत्वमा प्रकाशन समिति समेत गठन गरिएको छ । जसको संरक्षकमा स्व. थुलुङकी धर्मपत्नी विमला राई रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा कृष्ण मर्सानी, हेमराज अधिकारी, राजाराम पौडेल, रूद्रबहादुर श्रीस, सुमन श्रापित, अनुराग अधिकारी, लोकेन्द्रकुमार राई, करुणा राई, मिलन दुलाल, मंगल लिम्बू, उमेश राई, डिलमाया गुरुङ, खडकबहादुर राई, फडिन्द्र अकिञ्चन र धनकुमार राई रहनुभएको छ ।
त्यस्तै, प्रकाशन समितिको बैठकले पाँच सदस्यीय सम्पादन मण्डल पनि चयन गरेको छ । जसमा अनुराग अधिकारी, रूद्रबहादुर श्रीस, पूर्ण लामा, रुपिन्द्र प्रभावी कटु र राजाराम पौडेल रहनुभएको छ । प्रकाशन समितिका सल्लाहकारहरूमा श्यामलाल श्रेष्ठ, नवराज बराल, वसन्त थकाली, सुरेन्द्रमान विजुक्छे, उमेश सिके, गोपाल खड्का र गणेश देवान रहनुभएको छ । त्यसैगरी, व्यवस्थापकहरूमा उमेश राई, गंगा राई, धनवीर राई, स्मृति राई र नवीन राई रहनुभएको छ ।
प्रकाशन समितिले स्व. थुलुङसँग सम्बन्धित व्यक्तित्वहरूलाई लेख, रचना दिनका लागि आह्वान समेत गरेको छ । स्मृति ग्रन्थ प्रकाशन भएपछि आगामी चैत्र २७ गते संगीतकार थुलुङको निधन भएको दिन पारेर विमोचन गरिने प्रकाशन समिति संयोजक राईले जानकारी दिनुभयो । स्मृति ग्रन्थले स्व. थुलुङको व्यक्तित्व र कृतित्वलाई आम पाठकमाझ उजागर गर्ने संयोजक राईले बताउनुभयो । स्मृति ग्रन्थको नाम ‘स्मृतिमा श्रीमान थुलुङ’ राखिएको छ ।

Advertisment