बागलुङ समाज पोखराको अध्यक्षमा पाण्डे

पोखरा, १७ फागुन
बागलुङ समाज पोखराको अध्यक्षमा सुनिल पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । पाण्डे यसअघि, समाजको उपाध्यक्ष हुनुहुन्थ्यो ।
शनिबार सम्पन्न समाजको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा डिल्लीप्रसाद शर्मा, सचिवमा नरेश सुवेदी, सह–सचिवमा भवानीशंकर शर्मा र कोषाध्यक्षमा ठाकुरप्रसाद सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा वर्ण किरण श्रेष्ठ वन्त, मीना थापा, सुशीला प्रधानाङ्ग, टिकाराम आचार्य, गंगाबहादुर पुन र प्रकाश मल्ल चयन हुनुभएको छ ।

Advertisment