मगर संघकाे साङ्गठनिक ईतिहास र मगर दिवस

737

-ज्ञानेन्द्र पुनमगर
मगर समुदायलाई सङ्गठित पार्न सङ्गठनको आकार दिने क्रमममा सबभन्दा पहिले वि.सं.१९९७ साल अगावै दार्जीलिङमै थालनी भएको पाइन्छ । नेपालमा पनि शासकहरूको आँखा छल्दै मगर समुदायलाई सङ्गठित गरी चेतना जगाउन वि.सं.२०१२ सालमा गुल्मीको भार्से भत्रे मगर गाउँमा मगर समाज सुधार सङ्घ को भेला श्री गिरीप्रसाद बुढाथोकीमगरको नेतृत्वमा सम्पन्न भएको थियो । त्यसैगरि वि.सं. २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा बादीपीडितलगायत प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न र गाउँमा विद्यालय खोली सञ्चालन गर्ने र मगर समुदायलाई चेतना जगाउने भत्रेलगायत उद्देश्य राखी मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेला सम्पत्र भएको थियो । वि.सं. २०१४ साल फागुन २७ गतेदेखि २९ मेची–कालीबाट विभित्र जिल्लाको ५०० जना प्रतिनिधिहरूको उपस्थितिमा र हजारौं जनताको सहयोगमा मगर सुधार सङ्घको पश्चिमाञ्चल सम्मेलन गिरीप्रसाद बुढाथोकीमगरलाई नै सभापति चयन गरी वि.सं. २०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेको थियो भने । वि.सं. २०१३ मै एकदेव आलेमगरले तनहुँमा मगर भेला गरी वि.सं. २०१४ सालमा सङ्गठनलाई आकार दिन तनहुँको कुलुङ भत्रे गाउँमा एकदेव आलेमगरको नेतृत्वमा नै मगर सम्मेलन सम्पत्र भयो । वि.सं. २०१७ सालको परिवर्तपछि पञ्चायती व्यवस्थाले राजनैतिक तथा सामाजिक सङ्घ÷संस्थामाथि प्रतिबन्ध लगाएपछि मगरहरूलाई एकजुट पारी अधिकारप्रति सचेत पार्न मगर अग्रजहरूको सल्लाह तथा सुझावमा वनभोज आयोजना गरेर प्रशिक्षण दिने र गोप्य रूपमा सङ्गठित गर्ने गरिन्थ्यो । यसरी सुषुप्त रूपमा भएपनि सङ्गठित हुने क्रममा वि.सं. २०२८ सालमा अध्यक्ष खिलध्वज थापामगर उपाध्यक्ष माया रानामगर र महासचिव कुलबहादुर रानामगर रहने गरी काठमाडौंमा “लाङ्घाली परिवार” गठन भयो । वि.सं. २०३२ सालमामा “कानुङ लाङ्घाली परिवार” रूपन्देहीमा पनि स्थापना भयो । वि.सं. २०३५ देखि २०३६ सालमा बागलुङ, सुर्खेत, बाँके, दैलेखलगायतका जिल्लाहरूमा मगर सुधार समिति, पाल्पामा “मगर सुधार समिति” बन्यो भने कास्कीमा “लाङ्घाली परिवार” गठन गर्ने काम व्यापक हुँदै गयो । सारा जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धतिभित्र ल्याउने उद्देश्यका साथ वि.सं.२०३६ साल काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर, उपाध्यक्ष टोपबहादुर थापामगर, सचिव सुरेश आलेमगर, कोषाध्यक्ष डा. केशरजङ बरालमगर रहेको “लाङ्घारी परिवार” केन्द्रीय तदर्थ समिति गठन भयो । वि.सं. २०३८ साल माघ २८ देखि २९ गते बुटवलको रूपन्देहीमा २२ जिल्लाका प्रतिनिधिको उपस्थितिमा “कानुङ लाङ्घाली परिवार” का अध्यक्ष बाबुराम रानामगर र सचिव जयबहादुर हितानमगर रहेको सङ्गठन र पुरानो लाङ्घाली परिवारलाई एउटैमा गाभेर “नेपाल लाङ्घाली परिवार सङ्घ” केन्द्रीय तदर्थ समिति निर्माण गरी अध्यक्ष हेमबहादुर पुनमगर, उपाध्यक्ष रणबहादुर आलेमगर, सचिव सुरेश आलेमगर, प्रचारप्रसार सचिव जयबहादुर हितानमगर र कोषाध्यक्ष मनवीर गर्बुजा पुनमगरलाई जिम्मेवारी दिने गरी ९ सदस्यीय कार्यसमिति निर्माण गरियो । वि.सं.२०३९ साल फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरी घेराबन्दीबीचमा नै हजारौं मगर समुदायको उपस्थितिमा “नेपाल लाङ्घाली परिवार सङ्घ” को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पत्र भयो । प्रथम अधिवेशनले अध्यक्ष हेमबहादुर पुनमगर र महासचिवमा सुरेश आलेमगरलाई निर्वाचित गरी १५ सदस्यीय “नेपाल लाङ्घाली परिवार सङ्घ”, केन्द्रीय समिति चयन ग¥यो । त्यसैले फागुन १५ गतेलाई सङ्घको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । मगर जातिको इतिहासको विभित्र उतारचढाव बीच गुज्रिरहेको छ भने सङ्गठनको जीवनमा चुनौति र सम्भावनाले लुकामारी गर्दै अगाडि बढ्ने क्रममा समय र युगको छालसँगै आफ्नो संरचना, योजना, कार्यक्रम र मुद्दाहरूलाई परिमार्जित गरेर रूपान्तरण गर्दै आएको छ । सङ्गठनलाई फराकिलो, बैज्ञानिक, व्यावहारिक र विकसित गर्नको लागि २०४८ को चौथो महाधिवेशनले “नेपाल लाङ्घाली परिवार सङ्घ”लाई परिवर्तन गरी “नेपाल मगर सङ्घ” मा रूपान्तरण गरेको हो । मगर समाज सेवाको नामबाट प्रारम्भ भएको सङ्गठनको विकसित रूप आज संसारभरका मगर समुदायलाई एक ठाउम्मा केन्द्रित गर्ने विशाल छाता सङ्गठनको रूपमा “नेपाल मगर सङ्घ” उपस्थित छ । नेपाल मगर सङ्घले अहिले ६ वटा राष्ट्रियस्तरका भातृ सङ्गठनहरू निर्माण गरी व्यापक परिचालन गरको छ । (१) मगर विद्यार्थी, (२) मगर सांस्कृतिक, (३) मगर महिला, (४) मगर सम्पर्क समन्वय, (५) मगर युवा र (६) मगर भूतपूर्व सैनिक÷प्रहरी हुन । त्यसै गरी नेपाल बाहिर विदेशमा पनि २२ वटा मगर सङ्घ छन् । अन्य सामाजिक सङ्घ÷संस्थाहरू जसले सङ्घको विधान मानेर जाने संस्थालाई सङ्घमा आवद्ध गरेर आवद्धताको प्रमाणपत्र प्रदान गरी संगसँगै लैजानेसमेत बिधानले प्रावधान दिइसकेको छ । नेपाल मगर सङ्घको आफ्नो साङ्गठनिक यात्रामा २५ वटा राष्ट्रिय सम्मेलन सम्पत्र गरिसकेको छ भने ११ वटा राष्ट्रिय महाधिवेशन निम्न समयहरूमा सम्पत्र गरिसकेको छ ।(१) प्रथम ः वि.सं. २०३९ साल फागुन १५–१६ गते, स्थान ः तनहुँको दमौली, गण्डकी अध्यक्ष ः हेमबहादुर पुनमगर र महासचिव ः सुरेश आलेमगर(२) दोश्रो ः वि.सं. २०४२ साल फागुन १६–१७ गते, स्थान ः मकवानपुरको हेटौडा, नारायणी अध्यक्ष ः कविराज पुनमगर र महासचिव ः सुरेश आलेमगर(३) तेश्रो ः वि.सं. २०४५ साल चैत्र २६–२७ गते, स्थान ः बाँकेको नेपालगञ्ज, भेरी अध्यक्ष ः मानध्वज रानामगर र महासचिव ः सुरेश आलेमगर(४) चौथो ः वि.सं. २०४८ साल माघ १०–११ गते, स्थान ः काठमाडौं, बागमती अध्यक्ष ः गोरेबहादुर खापाङ्गीमगर र महासचिव ः लोकबहादुर थापामगर(५) पाँचौ ः वि.सं. २०५१ साल फागुन २६–२९ गते, स्थान ः दाङको घोराही, राप्ती अध्यक्ष ः गोरेबहादुर खापाङ्गीमगर र महासचिव ः शिवलाल थापामगर(६) छैठौं ः वि.सं. २०५४ साल फागुन १५–१८ गते, स्थान ः नवलपरासीको कावासोती, लुम्बिनी अध्यक्ष ः गोरेबहादुर खापाङ्गीमगर र महासचिव ः सुरेन्द्र थापामगर(७) सातौं ः वि.सं. २०५७ साल फागुन २१–२३ गते, स्थान ः सुनसरीको धरान, सगरमाथा अध्यक्ष ः गोरेबहादुर खापाङ्गीमगर र महासचिव ः झकबहादुर थापामगर(८) आठौं ः वि.सं. २०६० साल फागुन १२–१६ गते, स्थान ः कैलालीको टिकापुर, भेरी अध्यक्ष ः क्या.यामबहादुर बुढाथोकीमगर, महासचिव ः रामचन्द्र थापामगर र बीरबहादुर बुढाथोकीमगर(९) नवौं ः वि.सं. २०६४ साल जेठ ५–८ गते, स्थान ः काठमाडौंको कलङ्की, बागमति अध्यक्ष ः झकबहादुर थापामगर र महासचिव ः बसन्त घर्तीमगर (तुलाराम)(१०) दशौं ः वि.सं. २०६८ साल मंसिर २४–२७ गते, स्थान ः गुल्मीको तम्घास, लुम्बिनी अध्यक्ष ः महेन्द्र थापामगर र महासचिव ः नवीन रोकामगर(११) एघारौं ः वि.सं. २०७३ साल बैशाख १८–२२ गते, स्थान ः चितवनको नाराणगढ, नारायणी अध्यक्ष ः नबीन रोकामगर र महासचिव ः ज्ञानेन्द्र पुनमगरनेपाल मगर संघ केन्द्रीय समितिको मातहतमा अहिले ७ वटै प्रदेशमा प्रदेश समितिहरु, ७७ जिल्लाहरु मध्ये ६८ जिल्लामा जिल्ला समिति, ७५३ स्थानीय तह मध्ये ५३० गाउँपालिका÷नगरपालिकाहरुमा स्थानीय तहमा समितिहरु गठन भैसकेको छ भने १५३० भन्दा बढि तहमा वडा तथा इकाई समितिहरु क्रियाशिल भईरहेका छ । नेपाल मगर संघले संघलाई व्यवस्थीत बनाउनका लागि साधारण सदस्य, क्रियाशिल सदस्य र आजिवन सदस्यहरुको प्रावधानको व्यवस्था गरि वितरण गरिएको छ । अहिले नेपाल मगर संघ मा विभिन्न क्षेत्रगत, पेशागत र थरगत सस्थाहरु आवद्ध भई क्रियाशिल भईरहेका छन् । संघले मगरहरुलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर संघ त्यहाँ मगरात स्वायत्तता भन्ने सांगठनिक नारा बनाएर संगठनिक अभियान बनाएर अगाडी बढि रहेको छ । नेपाल मगर संघ केन्द्रीय समितिले अहिले मगररुको शैक्षिक सुधार गर्दै सचेतना अभिबृद्धि गर्ने, मगर समुदायको सामाजिक र सास्कृतिक जागरण गर्ने, मगर समुदायलाई उद्यमशिल बनाउदै आर्थिक समृद्धि गर्ने, मगरहरुको राजनैतिक सशत्तिकरण गर्ने गरेर चार खम्बे नीति अबलम्बन गरिरहेको छ । नेपाल मगर संघ केन्द्रीय समितिले फागुन १५ लाई संघको स्थापना दिवसको रुपमा २०५७ सालमा सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशन देखि सुरुवात गरि हरेक वर्ष मनाउने गरिरहेको छ । फागुन १५ गते मगरहरुको संगठनिक रुपले गोलबन्ध भएको दिनको रुपमा विश्वभरिमा सांगठनिक पर्वको रुपमा मगर बस्ती वस्तीमा मनाउदै आईरहेका छन् । यस पर्वले एक आपसको समुधुर सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुद गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुर्नस्थापना गराउन, भाषिक सास्कृति अधिकारहरु सुनिश्चित गराउन, जातिय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने लगायतका सवालमा सशक्त आन्दोलन गर्नमा थप उर्जा र उमंग दिनेछ यहि शुभकामना व्यक्त गर्दछु ।
(लेखक, नेपाल मगर संंघका महासचिव हुनुुुहुन्छ)