फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा माधव पनेरू नियुक्त

पोखरा, ७ फागुन
गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रसारण हुने फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोखरामा क्रियाशील पत्रकार माधव पनेरू नियुक्त हुनुभएको छ ।
पोखरेली पत्रकारितामा एक दशक भन्दा धेरै लामो समयदेखि क्रियाशील पत्रकार पनेरूलाई मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको टेलिभिजनका प्रबन्ध निर्देशक लिलाबहादुर जिसीले जानकारी दिनुभयो । सूचना सम्प्रेषण तथा नयाँ जानकारीहरूको प्रवाहमार्फत सामाजिक जागरणमा टेलिभिजनको प्रभावलाई थप विश्वासिलो र नयाँ उचाइमा पु¥याउने सीईओ पनेरूले प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै, मंगलबार नै बसेको सञ्चालक समिति बैठकले छत्रधर आत्रेयलाई सञ्चालक समिति सदस्यमा मनोनित गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पनेरूले यसअघि, गण्डकी सञ्चार गृह, जनता टेलिभिजनका विभिन्न भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।

Advertisment