स्वागत टोल विकास संस्थाको अध्यक्षमा पुनः सु. देवीबहादुर केसी

पोखरा, २५ माघ
स्वागत टोल विकास संस्था, पोखरा–१४, स्वागतनगर, चाउथेको अध्यक्षमा पुनः सु. देवीबहादुर केसी चयन हुनुभएको छ ।
शनिबार सम्पन्न संस्थाको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी कार्यकालका लागि पनि केसी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा सु.मे. देवबहादुर राना, सचिवमा क्या. कृष्णबहादुर थापा र कोषाध्यक्षमा सु. लालकाजी गुरुङ चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा सबिता बराल, दीपा छिमाल, सु. नन्दबहादुर गुरुङ, सूर्यबहादुर थापा, दीपक पौडेल, संगीता अधिकारी र भुवानीशंकर पौडेल चयन हुनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले स्वागत टोल विकास संस्थाले टोलको विकासका लागि छोटो समयमा धेरै काम गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । वडा नं. १४ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतका विभिन्न राष्ट्रिय गौरवका आयोजना सञ्चालित रहेको भन्दै वडाध्यक्ष कार्कीले ती आयोजनाबाट स्थानीयबासीलाई लाभान्वित बनाउन आफूले पहल गरिरहेको बताउनुभयो ।
संस्थाका सल्लाहकार बालकृष्ण काउछामगरले टोलको विकासमा संस्थाको वर्तमान नेतृत्वले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै स्थानीय आवश्यकतालाई पूरा गर्न स्थानीय सरकारमार्फत् धेरै पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सल्लाहकारद्वय लीला लामिछाने र क्षेत्रबहादुर बरालले पनि बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष सु. देवीबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा नवप्रवेशी सदस्यहरूलाई स्वागत गरिएको थियो भने स्नातक तथा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा संस्थाका सचिव क्या. कृष्णबहादुर थापा र सदस्य माया बरालले पनि बोल्नुभएको थियो ।

Advertisment