नेकपा अध्यक्ष प्रचण्ड र गण्डकी प्रदेश प्रमुख शेरचनबीच शिष्टाचार भेटवार्ता

पोखरा, २१ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेश प्रमुख अमिक शेरचनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
पोखराको रत्नचोकस्थित प्रदेश प्रमुखनिवासमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्ड र प्रदेश प्रमुख शेरचनबीच गण्डकी प्रदेशको समसामयिक राजनैतिक अवस्था, ऐन, कानूनको निर्माण तथा प्रदेशको समृद्धिका विषयमा छलफल भएको प्रदेश प्रमुखका स्वकीय उपसचिव वसन्त भट्टचनले जानकारी दिनुभयो । नेकपा अध्यक्ष प्रचण्ड एक कार्यक्रममा सहभागी हुनका लागि पोखरा आउनुभएको हो ।

Advertisment