गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विधेयक प्रमाणिकरण

पोखरा, १३ माघ
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाद्वारा पारित विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
“गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सोमबार प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको हो । सो विधेयक गण्डकी प्रदेशसभाद्वारा पारित भएपछि यसअघि, सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको थियो ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको चालु आर्थिक वर्षको यो आठौं विधेयक हो । प्रदेश प्रमुखका रुपमा शेरचन आएपछि प्रमाणिकरण भएको यो पहिलो विधेयक हो भने हालसम्म गण्डकी प्रदेशसभाबाट पारित ३२ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् ।

Advertisment