नवीन राना र याममाया श्रीसको ‘कठै जिन्दगी’

पोखरा, १३ माघ
नवोदित लोक तथा दोहोरी गायिका याममाया श्रीसले ‘कठै जिन्दगी’ बजारमा ल्याएकी छिन् । शान्ति परियारसँग मिलेर उनले पञ्चेबाजाको सांगीतिक कोसेली बजारमा ल्याएकी हुन् ।
गायिका याममायालाई यस गीतमा चर्चित लोक तथा दोहोरी गायक नवीन रानाले स्वरमा साथ दिएका छन् । सर्जक गोविन्द पुनको शब्द रहेको यस गीतमा संगीत भने गायक नवीन रानाकै रहेको छ ।
राग डिजिटलमा रेकर्ड भएको यस गीतका एरेञ्जर आशीष अविरल हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन गोविन्द पुन र छायांकन दानबहादुर श्रीसले गरेका हुन् । जनता डिजिटलका अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको यस म्यूजिक भिडियोमा आशीरप्रताप जंग, शान्ति परियार, कृष्ण काउचा र सरस्वती काउचालगायतको अभिनय रहेको छ भने आशीष गुरुङको श्रृंगार रहेको छ ।

Advertisment