लाफा भिलेजमा लाफा ग्रुपको माघे सकराती

काठमाडौं, ४ माघ
लाफा ग्रुप लिमिटेडको आयोजनामा लाफा भिलेजमा मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे सकराती मनाइएको छ । गत मंगलबार आयोजित विशेष कार्यक्रमका बीच माघे सकराती पर्व मनाइएको हो ।
संघीय संसद् (प्रतिनिधिसभा)को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगरको प्रमुख आतिथ्यमा काठमाडौंको नागार्जुन नगरपालिका–७ तथा चन्द्रागिरि नगरपालिका–१, रामकोटस्थित लाफा भिलेजमा माघे सकराती विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, लाफा ग्रुप लिमिटेडका सञ्चालक समिति, शेयर सदस्यहरू एवं अन्य आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो । सो अवसरमा बारा, सेल रोटी, विरम्ला, नाम्यालगायतका मगरी खानाका परिकार समेत राखिएका थिए । त्यसैगरी, सांस्कृतिक कार्यक्रम समेत राखिएको थियो ।
लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य रक्षाबहादुर रैकामगरले गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उद्योगपति लंकमान रोकामगरलगायतको सहभागिता रहेको थियो ।

Advertisment