अन्तर एकाइ ब्याडमिन्टनको प्रौढतर्फ दीप बगर, महिलातर्फ रामबजार र युवातर्फ सराङकोटलाई उपाधि

पोखरा, २९ पुस
नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिताको उपाधि प्रौढतर्फ दीप बगर एकाइ, महिलातर्फ रामबजार र युवातर्फ सराङकोट एकाइले जितेको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिएको हो । प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार भने बुधबार प्रदान गरिने प्रतियोगिता संयोजक दिनेश रोकामगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रौढतर्फ प्रथम हुने दीप बगर एकाइका रामप्रसाद बुदुजामगर र पूर्णबहादुर रानामगर, द्वितीय ढुंगेपाटनका क्या. भक्तबहादुर पुनमगर र रामबहादुर पुनमगर, तृतीय रामबजार एकाइका ज्ञानेन्द्र थापामगर र भरत रानामगर, चौथो हुने चाउथे कदममार्ग एकाइका हर्क आलेमगर र दलबहादुर सूर्यवंशीमगर रहेका छन् ।
त्यस्तै, महिलातर्फ प्रथम हुने रामबजार एकाइका सुधा थापामगर र ओमकुमारी रानामगर, द्वितीय ढुंगेपाटन एकाइका मिनु पुर्जामगर र माया पुनमगर, तृतीय माटेपानी एकाइका रिमाकुमारी पुनमगर र सोममाया पाइजामगर, चौथो हुने ढुंगेपाटन एकाइका पुष्पा पुनमगर र पुनम पुनमगर रहेका छन् । त्यसैगरी, युवातर्फ प्रथम हुने सराङकोट एकाइका रेशम आलेमगर र प्रेम पुनमगर, द्वितीय दीप बगरका शमशेर सारूमगर र होमबहादुर पुनमगर, तृतीय अर्घौ एकाइका दलसुर पुर्जामगर र ओम रानामगर, चौथो दीप बगर एकाइका पूर्णबहादुर रानामगर र रामप्रसाद बुदुजामगर रहेका छन् ।

Advertisment