मगर संघ, कास्कीको अन्तर एकाइ ब्याडमिन्टन दोस्रो दिन पनि जारी

पोखरा, २७ पुस
नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिता दोस्रो दिन पनि जारी रह्यो ।
पुरुषतर्फ युवा र प्रौढ तथा महिला गरी तीन समूहमा भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं युवा तथा अतिरिक्त विभाग प्रमुख दिनेश रोकामगरले जानकारी दिनुभयो । संयोजक रोकामगरका अनुसार सोमबार महिलाको फाइनल तथा युवा र प्रौढको सेमिफाइनलसँगै फाइनल खेल सञ्चालन हुनेछ । प्रतियोगितामा जम्मा ३५ टिम सहभागी छन् ।

Advertisment