लाफा ग्रुपले माघे संक्रान्ति पर्व मनाउने

काठमाडौं, २७ पुस
लाफा ग्रुप लिमिटेडले मगर जातिमा विशेष रुपमा मनाइने माघे संक्रान्ति पर्व धुमधामका साथ मनाउने भएको छ । यही पुस २९ गते काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटस्थित निर्माणाधीन लाफा भिलेजमा माघे संक्रान्ति मनाइने भएको हो ।
संघीय संसद् (प्रतिनिधिसभा)को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगरको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा विभिन्न मगर परिकारहरू सेल, बारा, तरुल, विरम्लालगायतका मगर खानाका साथमा सांगीतिक कार्यक्रम आयोजना हुने लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभयो ।
कार्यक्रममा लाफा ग्रुप लिमिटेडका शेयर सदस्यहरू, आमन्त्रित अतिथिहरूको सहभागिता रहने अध्यक्ष आलेले बताउनुभयो । लाफा ग्रुप लिमिटेडका सहायक कम्पनीहरू लाफा भिलेज रिसोर्ट प्रालि, लाफा होलिडेज प्रालि, लाफा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लाफा मिडिया प्रालि र लाफा रुङ फाउण्डेशन रहेका छन् । लाफा ग्रुपले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिका–७, रामकोट, दहचोकमा लाफा भिलेज निर्माण गर्दैछ ।

Advertisment