मगर संघ, कास्कीले ब्याडमिन्टन प्रतियोगिता गर्ने

पोखरा, २५ पुस
नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।
यही पुस २६ गतेदेखि सुरु हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं नेपाल मगर संघ, कास्कीका युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिनेश रोकामगरले जानकारी दिनुभयो ।
नेपाल मगर संघ, कास्कीको कभर्डहलमा हुने प्रतियोगितामा ३५ टिमको सहभागी हुने संयोजक रोकामगरले बताउनुभयो । प्रतियोगिता युवा, प्रौढ तथा महिला गरी तीन किसिमले उमेर समूह तथा लैड्डिक रुपमा वर्गीकरण गरिएको प्रतियोगिता सह–संयोजक एवं संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगरले जानकारी दिनुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात गरी सञ्चालन गर्न लागिएको प्रतियोगिताका युवा तथा प्रौढतर्फ प्रथम र द्वितीय पुरस्कार क्रमशः ८ हजार र ५ हजार राखिएको उहाँले बताउनुभयो । त्यस्तै, महिलातर्फ प्रथम र द्वितीय पुरस्कार ५ हजार र ३ हजार रुपैयाँ राखिएको सह–संयोजक पुनमगरले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन शनिबार गण्डकी प्रदेशसभाकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ ‘कुसुम’ले गर्नुहुने नेपाल मगर संघ, कास्कीका सचिव रामबहादुर थापामगरले जानकारी दिनुभयो ।

Advertisment