हाप्किडो संघ, गण्डकी प्रदेशको अध्यक्षमा एमबी ‘आस्था’ मगर

पोखरा, २५ पुस
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, गण्डकी प्रदेशको अध्यक्षमा एमबी ‘आस्था’ मगर (कास्की) चयन हुनुभएको छ ।
संघको बिहीबार पोखरामा सम्पन्न प्रदेश समिति गठन कार्यक्रमबाट समितिको उपाध्यक्षद्वयमा तारामाया थापामगर (तनहुँ) र दिनेश रोकामगर (बागलुङ), सचिवमा प्रेम बुढामगर (बागलुङ) र कोषाध्यक्षमा वसन्ती बुढामगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा मदनकुमार जिसी (कास्की), रेखा तामाङ (गोरखा), विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दीप विक रहनुभएको छ ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले हाप्किडो खेलका बारेमा प्रदेश सरकारले चासो दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । मार्शल आर्ट खेलमा हाप्किडो नयाँ भएपनि छिटै देशभरि सांगठनिक रुपमा विस्तार भएकोमा खुशी व्यक्त गर्दै उहाँले यसको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो खेल स्वास्थ्यका लागि मात्र नभइ आत्म सुरक्षाका लागि समेत अति महत्वपूर्ण भएको बताउनुभयो । देशभर संगठन विस्तार गरेर प्रशस्त खेलाडी उत्पादन गर्दै अघि बढ्ने योजना सुनाउँदै अध्यक्ष घर्तीमगरले हाप्किडो खेलको विकास गरेर देशको गौरव बढाउने उद्घोष गर्नुभयो ।
कार्यक्रममा युवा नेता बालकृष्ण काउछामगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हाप्किडो खेलको विकासका लागि राज्यले विशेष चासो दिनुपर्ने उल्लेख गर्नुभयो ।

Advertisment