ईन्द्रदहको पर्यटन प्रवद्र्धन आवश्यक – सांसद श्रेष्ठ

काठमाडौं, १९ पुस । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन देशका सय पर्यटकीय गन्तव्य मध्येको चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित ईन्द्र दह र काजी कालु पाँडे समाधिस्थल क्षेत्रमा आयोजित कार्यक्रममा सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै भ्रमण वर्षलाई सफल पार्ने प्रतिवद्धता कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन। उहाँहरुले राजधानी नजिकैको सो स्थललाई प्राकृतिक दृश्यावलोकन र आन्तरिक पर्यटन प्रवद्र्धनको गन्तव्यको रुपमा विकास गर्नुपर्नेसमेत आवश्यकता औल्याउँनुभयो ।

वडाअध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ, नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, वडा अध्यक्षहरु प्रकाश श्रेष्ठ, बालमुकुन्द बिडारी र ई.उत्तम बहादुर राउत, कार्यपालिका वडा सदस्य, ईन्द्र दह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापा, लाफा ग्रुपका अध्यक्ष चन्द्र ज्योति आले मगर, लङ्कमान रोकायले सो क्षेत्रको विकासका लागि सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँहरुले भ्रमण वर्ष सफल पार्ने कुरामा विशेष जोड दिनुभएको थियो । प्रमूख अतिथि सांसद श्रेष्ठले उद्घाट गर्नुभएको सो कार्यक्रम नारायणी रोकाले सञ्चालन गर्नुभएको थियो ।

Advertisment