प्रदेश प्रमुख शेरचनद्वारा तमु ल्होसार र अंग्रेजी नयाँ वर्षको शुभकामना

पोखरा, १५ पुस
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व तमु ल्होसार÷ल्होछार तथा अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना दिनुभएको छ ।
मंगलबार शुभकामना वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले यतिबेला देश सबै जातजाति र समुदायको सम्मानजनक पहुँच एवं उपस्थितिसहित समृद्धिको अभियानमा जुटेको उल्लेख गर्नुभएको छ । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा गुरुङ समुदायको उल्लेखनीय भूमिका रहेको भन्दै उहाँले वक्तव्यमार्फत् गुरुङ समुदायको यस पर्वले आपसी सद्भाव वृद्धि गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।
प्रदेश प्रमुख शेरचनद्वारा जारी वक्तव्यमा राष्ट्रियताको संरक्षणका लागि राष्ट्रिय एकता कायम गर्दै आर्थिक र सामाजिक रुपमा समृद्ध मुलुक निर्माण गर्न तमु ल्होसार पर्वले प्रेरणा दिने उल्लेख छ । साथै, प्रदेश प्रमुख शेरचनले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना समेत दिनुभएको छ ।

Advertisment