हिउँदे अयान्त र गृष्म अयनारम्भ उत्सवः ओहोरा (पुसे पन्ध्र)

443

डामीन श्रीस मगर (minshrisphd@gmail.com)

 परिचय :

पृथ्वी आफ्नो अक्ष (axis) मा २३.४५ डिग्री ढल्केको कारण सूर्यको परिक्रमा लगाउने अवधिमा मुख्यगरी चार वटा वातावरणिक स्थिति देखापर्दछन्  पृथ्वी आफ्नो कक्षको अयनरेखा (line of solstice) मा पुग्दा गृष्म  हिउँद ऋतु अनि विषुवत् रेखा (equinoxes)  मा पुग्दा वसन्त  शरद् ऋतुको प्रारम्भ भएको मानिन्छ  अयनान्तहरू (solstices)  मध्ये डिसेम्बर २१ अर्थात हिउँदे अयान्त (winter solstice) मा सूर्य मकररेखामा प्रवेश गरी उत्तरी यात्रातर्फ उन्मुख हुन्छ भने जुन २१ अर्थात गृष्म अयान्त (summer solstice) मा सूर्य कर्कटरेखामा प्रवेश गरी दक्षिणायन उन्मुख हुन्छ  खगोलशास्त्रीय हिसाबले डिसेम्बर २१ (पुस ५/६मा सूर्य मकररेखामा प्रवेश गर्ने हुँदा उँधौली यामको अन्त भएर उँभौली यामको प्रारम्भ भएको मानिन्छ  उँधौलीको अन्त  उँभौलीको प्रारम्भ विन्दूमा वर्षकै सबैभन्दा छोटो दिन  लामो रात हुन्छ भने जाडोको उत्कर्ष पनि मानिन्छ  प्राचीनकालदेखि नै विश्वभरका मानव समाजमा अयान्तको अवसरमा कुनै  कुनै चाडवाड मनाउने चलनको विकास गरिएको पाइन्छ  ओहोरापुसेपन्ध्रउँभौलील्होसारक्रिसमसनयाँ वर्ष आदि नामबाट विभिन्न स्थान  भेगका समाजमा हिउँदे अयान्त तथा गृष्म अयनारम्भ उत्सव मनाउने गरिएको पाइन्छ  यस्ता चाडबाडहरू विश्वका सबै भूभाग  देशहरूमा फरकफरक समयमा मनाइनुका कारण ऋतु परिवर्तको समय भिन्नता नै हो  खगोलशास्त्रीय दृष्टिले अयन  विषुवत्हरू सम्बन्धित ऋतुहरूको मध्यमा हुनुपर्ने हो तर व्यवहारमा त्यसो भएको पाइँदैन  यसैगरी मौसम विज्ञानअनुसार ऋतुहरू औसत तापक्रमको ढाँचाका आधारमा निर्धारण हुने भएकाले पनि स्थान भिन्नताका आधारमा ऋतुहरूको परिवर्तनको अवस्था फरक पर्न जान्छ  स्थानीय जलवायुसंस्कृति  रीतिरिवाजका आधारमा देशदेशमा ऋतु परिवर्तनको समयावधि एवं समय विभाजन फरकफरक पाइन्छ  त्यसकारण एकै अयान्त वा अयनारम्भ वा ऋतुमा आधारित चाडबाडहरू पनि समुदायक्षेत्रदेश  तिनीहरूले प्रयोगमा ल्याएका पात्रोका आधारमा फरकफरक तिथिमितिमा भिन्नभिन्न तरिकाले मनाइएको पाइन्छ  उदाहरणका लागि ओहोरा (पुस १५), माघे सङ्क्रान्ति (माघ ), ल्होसारक्रिसमस (२५ डिसेम्बरआदिलाई लिन सकिन्छ  खगोलशास्त्रीय दृष्टिकोणमा सूर्य मकर राशिमा प्रवेश गरी उत्तरी यात्रा प्रारम्भ गर्ने विन्दु डिसेम्वर २१ (पुस ५/६ तिरभए पनि नेपाल  भारतमा चन्द्रमास (तिथिमा आधारित पात्रोअनुसार सूर्य उत्तरायणको विन्दु माघे सङ्क्रान्ति (जनावरी १५तिरमनाइन्छ  सूर्य उत्तरायणकै आधारमा थाइल्याण्डकम्वोडियाभियतनामचीनजापानकोरिया लगायतका मुलुकहरुमा मनाइने चाडवाडहरूको तिथिमिति पनि आफ्ना परम्परागत पात्रोका आधारमा निर्धारण गरिने भएकाले समयान्तर पाइन्छ  यसैगरी सूर्य उत्तरायणकै अवसरमा चिनिया पात्रोअनुसार मनाइने ल्होसार चाडको तिथिमिति पनि स्थान  समुदायअनुसार भिन्न पाइन्छ 

ओहोरा

मगर समाजमा हरेक वर्षको पुस पन्ध्र गतेका दिन वनभोजका रुपमा खानपिन  रमाइलो गर्ने पुरानो परम्परालाई ओहोरा भनिन्छ  उँधौली यामको अन्त  उँभौली यामको प्रारम्भको अवसरमा मनाइने ओहोरालाई विशुद्ध सांस्कृतिक वा मौसमी चाडको रुपमा लिइन्छ  पुसको प्रन्ध्रसम्ममा वर्षे बाली कोदोधानमाससिल्टुङ आदि सेहार्ने काम सकिन्छ भने हिउँदे बाली जौंगहुँतोरी लगाउने काम पनि सकिएको हुन्छ  यही फुर्सदिलो समयमा पुस पन्ध्र गतेका दिन गण्डकी प्रश्रवण क्षेत्रका गाउँगाउँमा ओहोरा खाने गरिन्छ  मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापा मगरका अनुसार खासगरी मगर गाउँका युवायुवतीको होरट्या (हुड्डासमूहले पुस प्रन्धका दिन ओहोरा खाने परम्परा पाइन्छ  हुड्डा  पर्मा (परिमएक खालको पारस्परिक श्रम प्रणाली हो  यस अन्तर्गत श्रमको विनिमय हुन्छ  यो व्यक्तिगत तहदेखि सामुहिक स्तरसम्म हुने गर्दछ  गण्डकी प्रश्रवण क्षेत्रका अधिकांश मगर बस्तीहरूमा हुड्डा  पर्मा प्रथा अहिलेसम्म पनि अस्तित्वमा रहेको   यो प्रथा नेपालको परम्परागत अर्थतन्त्र एवं उत्पादन प्रणाली अन्तर्गत श्रम संगठनको रुपमा रहेको   मगर जातिमा प्रचलित परम्परागत आर्थिक संस्थाका रुपमा हुड्डापर्मा  झरालीलाई लिनसकिन्छ  मुख्य बाली मकैकोदोआदि छर्नेरोप्नेगोडमेल गर्ने तथा भित्र्याउने समयमा आपसी सहयोगका लागि टोलटोलमा हरेक घरबाट एकएक जना सदस्यको सहभागितामा निर्माण गरिने अस्थायी किसिमको परम्परागत आर्थिक संस्थालाई मगर जातिमा हुड्डा वा होरट्या वा वरिमपरिम भनिन्छ  अस्थायी प्रकृतिको भए पनि ‘हुड्डाहिउँदे  वर्षे खेतीपातीको समयमा निरन्तर रुपमा अस्तित्वमा आइरहन्छ  कसैलाई कामको बढी चाप भएमा हुड्डा किन्ने चलन   हुड्डाका कुनै सदस्यको अनुपस्थिति रहेमा तोकिएको दरमा रकम बुझाउनुपर्ने हुन्छ  यसरी संकलन भएको रकम तथा हुड्डा बेचेको रकम जम्मा गरेर पुसेपन्ध्रमा हुड्डा खाने कार्यक्रमलाई ओहोरा खाने भन्ने गरिन्छ 

हुड्डा समूहका अतिरिक्त घाटुमारुनीभैलो-देउसी जस्ता सांस्कृतिक समूहले दानका रुपमा संकलन गरेको अन्न  पैसाबाट पुस पन्ध्रकै दिन खानपिन एवं नाचगानको कार्यक्रम गर्दछन्  यस्ता कार्यक्रमहरूलाई पनि ओहोरा खाने भन्ने गरिन्छ  त्यसकारण मगर भाषिक ओहोरा शब्दले होरट्या जस्ता परम्परागत संस्थाहरूको वार्षिकोत्सव समाहरोलाई बुझाउने गरेको देखिन्छ  पाल्पास्याङ्जा  तनहुँतिरका मगर गाउँहरूमा कोदो रोप्ने बेलामा होरट्या समूहले ओहोली गाउने चलन   पाल्पातिर कोदोलाई मगर भाषामा राङ भनिने हुँदा कोदो रोपाइँमा गाइने गीतलाई राङ्कोओह्लिङ भनियो  कालान्तरमा पाल्पाको झडेवाबाट स्याङ्जा हुँदै तनहूँसम्म विस्तार हुनेक्रममा उक्त शब्द ओह्लिङ हुँदै ओहोली भएको भनाई पाइन्छ  त्यसैले ओहोरा शब्दको अन्तरसम्बन्ध पनि कोदो खेती प्रणालीसँग रहेको बुझिन्छ  ओहोरा खाने कार्यक्रममा होरट्या समूह वा सांस्कृतिक समूहले वल्लोपल्लो गाउँका साथीभाइ वा गन्यमान्य व्यक्तिहरूलाई समेत निम्तो बोलाउने गर्दछन्  यसरी निम्तो खान आउनेहरूले भने निम्तो दस्तुर बुझाउने चलन रहेको   घाटुमारुनीभैलोदेउसी जस्ता सांस्कृतिक समूहको ओहोरा खाने कार्यक्रममा दानदक्षिणा दिने घरका सदस्यहरूलाई पनि निम्तो बोलाइन्छ  ओहोरा खानेक्रममा गाउँकै कुनै अनुकूल एवं उपयुक्त स्थान खुल्ला खेतबारीमा भेला भएर रोटीमासुदालभातजाँडरक्सी आदिका परिकार बनाएर खाने  तीनचार दिनसम्म नाचगान रमाइलो गर्ने चलन पाइन्छ (थापा२०५०:१४ पहिलापहिला पाल्पाको कुवादीगरुङ्दी  घामका युवायुवतीहरूले खोरिया फाँडेर मास लगाउने गर्दथे  मास पाकेपछि तेछो पेवा खाने भनेर पुस पन्ध्रमा त्यही खोरियाको मासको बारा बनाई गाउँका प्रतिष्ठित व्यक्तिहरूलाई निम्त्याएर ख्वाउने गर्दथे  तनहूँ  स्याङ्जाका मगर युवतीहरूले बारामासुजाडरक्सी बनाएर युवा तथा अन्य निम्तारूलाई खुवाउने चलन पनि थियो  अहिले पनि यस अवसरमा छोरीचेली बोलाएर मीठो मसिनो खाने ख्वाउने चलन  (बराल मगर२०५०: १२११२२ गण्डकी प्रश्रवणक्षेत्रको कतिपय मगर समाजमा ओहोरा खाने अथवा पुस पन्ध्र मनाउने चलनलाई खुवा खाने पनि भनिन्छ  रुकुमरोल्पाक्षेत्रका मगरहरूले माघे संक्रान्तिको अवसरमा खेलिने तीर (धनुवाणपुस पन्ध्रकै दिन फुकाउने (नम्सुइँविधि सम्पन्न गरी तीर हान्ने अभ्यास थाल्दछन् 

मगरका अतिरिक्त अन्य समुदायमा पनि पुसेपन्ध्र मनाउने चलन पाइन्छ  लमजुङका दुरा समुदायले पुस पन्ध्रलाई म्हैप्रु नकुमा चाडको  रुपमा मनाउने गर्दछन्  उनीहरूले यसै दिन नयाँ वर्गचक्र फेरिने मान्यताका आधारमा नयाँ वर्षको रुपमा मनाउने गरेको पाइन्छ (लमजुङ समाचारदाता२०७६: १० सुदूर पश्चिमतिर पुसेपन्ध्र मनाउँदा युद्ध कौशलतामा आधारित ढाल  तरवार समाएर नाचिने भुवानाच नाच्ने   देउडा गाउने चलन पाइन्छ  कर्णालीतिर “हरिहरि दुबीचौर दुबै हरियोघरवेटीले पैसा दिए पोल्टै भरियोभन्दै केटाकेटीहरूले पुसे पूर्णिमामा भैलो खेल्ने गर्दथे  तीसको दसकपछि सुरक्षा निकाय  प्रशासनिक कर्मचारीहरू मार्फत तिहार मनाउने  कात्तिके भैलो खेल्ने चलन भित्रियो  अहिले पनि जुम्लाकालिकोटमुगु  तल्लो हुम्लामा पुसे पूर्णिमामा भैलो खेल्ने चलन  (नेपाल२०७४: 

निष्कर्ष

गण्डकी  कर्णाली प्रश्रवणक्षेत्रका पहाडी समाजमा कृषि युगको थालनीसँगै पुसेपन्ध्र मनाउने चलनको विकास भएको बुझिन्छ  उच्च पहाडी तथा लेकाली भेगमा बसोबास गर्न रुचाउने मगर जातिले पशुपालन गरेर जीविका चलाउने क्रममा घुम्टे बसोबासको जीवनशैली (उँभौलीमा लेक  उँधौलीमा बेसीअपनाएका थिए  यसैक्रममा उनीहरूले खोरिया खेती प्रणाली (slash and burn cultivation) पनि अघि बढाए  लेकाली भेगमा कोदोजौउवा जस्ता अन्नको खेती गरियो  कोदो गोड्ने समयमा (असार पन्ध्रदेखि भदौ पन्ध्रहोरट्या समूहले ओहोली गाउने  मंसिरमा कोदो काटेर पुस पन्ध्रभित्र भण्डार गरेपछि ओहोरा खाने परम्पराको विकास गरियो  मध्य पुसतिर किसानहरू फुर्सदिला हुन्छन्  वर्षेबाली भित्र्याइसकिएको हुन्छ भने हिउँदेबाली छरिसकेर बारीमा भर्खर उम्रिएको अवस्था हुन्छ  अर्कोतर्फ  उँधौली यामको अन्त  उँभौली यामको प्रारम्भको नयाँ वातावरण निर्माण भइरहेको हुन्छ  यसै अवसरमा फुर्सदिला पहाडी युवा किसानहरूको रसिलोभरिलो  हँसिलो तनमनको केही नयाँ उत्सव मनाउने प्रयास स्वरुप ओहोरा खाने चाड अर्थात पुसेपन्ध्रको विकास भएको बुझिन्छ  प्रारम्भमा कोदो खेतीको गोड्मेल गर्दा ओहोली गाएर रमाउने तथा कोदो सेहारिसकेपछि ओहोरा खाएर रमाउने चलनको विकास गरिएको भए पनि कालान्तरमा गएर खेतीपातीसँग सम्बन्धित होरट्या (हुड्डासमूहका अतिरिक्त घाटुमारुनीभैलोदेउसी जस्ता सांस्कृतिक समूहले समेत पुस पन्ध्रका दिन ओहोरा खाएर दुईतीन दिनसम्म नाचगान रमाइलो गर्ने चलन बन्यो  करिब तीसको दसकदेखि प्रारम्भ भएको पहाडी भेगबाट तराई वा शहरीक्षेत्रतिरको बसाइँसराइँले पचाससाठीको दसकमा तीब्रता पाएसँगै गाउँघर सुनसान हुनेक्रममा कोदो खेती  परम्परागत संस्था होरट्या प्रथाका साथै घाँटुमारुनीभैली समूह पनि लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ  त्यसैले वर्तमान परिवेशमा ‘ओहोरा खानेशब्दले पनि पूर्ववर्ती मौलिक अर्थबाट रुपान्तरण हुँदै ‘वनभोज खाने’ नयाँ अर्थमा समायोजित भइरहेको पाइन्छ 

सन्दर्भ सामग्रीसूची :

थापाखेमबहादुर२०५०). घाटुनचरी  ओहोराग्यावट (प्रकाश)सिद्धार्थनगरः नेपाल मगर विद्यार्थी संघभैरहवा बहुमुखी क्याम्पसपृ१२१४ 

नेपालजनक. (२०७४ असोज ३१). कर्णालीमा भित्रिएको तिहारकान्तिपुर (भिललिमिली तिहार विशेष). पृ 

बराल मगरकेशरजंग, (२०५०पुनः मुद्रण २०६८). पाल्पातनहुँ  स्याङ्जाका मगरहरूको संस्कृतिकाठमाडौं:  नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान 

लमजुङ समाचारदाता. (२०७६ पुस ). राष्ट्रिय पर्व घोषणा गर्न मागगोरखापत्रपृ१० 

श्रीस मगरमीन, (२०६६). पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीतनृत्यको वर्तमान अवस्था  चुनौतिहरूकाठमाडौं:  मगर अध्ययन केन्द्र 

––– (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।