मृगौलापीडित मनिषालाई तमुस्यो रि च्हमी परिवारद्वारा संकलित १ लाख हस्तान्तरण

पोखरा, २ पुस
मृगौलापीडित मनिषा गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले पोखरामा विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाउने क्रम जारी रहेको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ७, थाकका स्थायी बासिन्दा मनिषा गुरुङ विगत केही समयदेखि मृगौला रोगबाट ग्रसित हुनुहुन्छ ।
गुरुङको उपचारमा सहयोग गर्न तमुस्यो रि च्हमी परिवार पोखराले आज एक कार्यक्रमका बीच मनिषा बचाउ अभियान समितिलाई १ लाख ९० रुपैंया हस्तान्तरण गरेको छ । गत तिहारमा आयोजित देउसी भैलोबाट सङ्कलन भएको रकममा परिवारका सबै सदस्यहरुले व्यक्तिगत सहयोग गरि जम्मा भएको रकमबाट बुधबार सो सहयोग प्रदान गरिएको तमुस्यो रिं च्हमीकी अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभयो ।
सहयोग समितिका अध्यक्ष तथा जनकल्याण तमु समाज पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ एवम् कोषाध्यक्ष रोविन गुरुङलाई संयुक्त रुपमा सो रकम प्रदान गरिएको हो । यसैबीच सोहि कार्यक्रममा मनिषा बचाउ अभियानका अभियानत एवम् युवा समाजसेवी दुर्गाबहादुर गुरुङले सङ्कलन गर्नुभएको रकम २ लाख ४९ हजार ८ सय ९१ रुपैंया पनि सोही कार्यक्रममा समितिलाई हस्तान्तरण गरिएको छ ।
यस्तै युवा नेता बालकृष्ण गुरुङले व्यक्तिगत रुपमा सङ्कलन गर्नुभएको १ लाख ७१ हजार ५ सय ३८ रुपैंया पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ । रकम ग्रहण गर्दै मनिषा बचाउ अभियानका कोषाध्यक्ष रोविन गुरुङले हालसम्म मनिषाको उपचारको लागि करिब ४० लाख रुपंैया सङ्कलन भइसकेको र अझै सहयोग जुटने क्रम जारी रहेको बताउनुभयो ।
यस्तै, समितिका सचिव शेरबहादुर गुरुङले मनिषाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै मनिषा विगत एक महिनादेखि काठमाडौको ग्रान्डी हस्पिटलमा मृगौला प्रत्यारोपणको लागि उपचारमा रहेको र मनिषाकै बाबाको मृगौला प्रत्यारोपण गर्ने पक्का भएको तथा अब करिब दुई हप्ताभित्र मृगौला प्रत्यारोपणको काम सम्पन्न हुने समेत जानकारी दिनुभयो ।
सहयोग रकम ग्रहण गर्दै सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले मनिषाको उपचारको लागि सङ्कलन भएको सबै रकम मनिषाकै उपचारमा खर्च गरिने जानकारी दिदै सहयोग गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो । यसअघि मनिषाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले थाक स्थायी घरभई हाल हङकङ निवासी समाजसेवी नानी कमला गुरुङको पहलमा संकलन भएको ६ लाख ३४ हजार ३ सय ४० रुपैयाँ पनि मनिषालाई प्रदान गरिएको छ ।

Advertisment