मगर पर्यटन समाजको आठौं वार्षिक साधारणसभा पुस ५ गते

काठमाडौं, २५ मंसिर
नेपाल मगर पर्यटन समाजको आठौं वार्षिक साधारणसभा आगामी पुस ५ गते ललितपुरमा हुने भएको छ ।
ललितपुरको बागडोलस्थित म्याग्दी मगर समाजको सभाहलमा हुने वार्षिक साधारणसभाको उद्घाटन नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुन ‘अनन्त’ले गर्नुहुने समाजका महासचिव जीवन थापामगरले जानकारी दिनुभयो ।

Advertisment