मगर संघ, छिनेडाँडाको अध्यक्षमा ज्योतिराम थापा

पोखरा, २१ मंसिर
नेपाल मगर संघ, छिनेडाँडा एकाइ समिति, पोखरा–१४, कास्कीको अध्यक्षमा ज्योतिराम थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सम्पन्न संघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर थापामगर, सचिवमा निलकण्ठ रानामगर, सह–सचिवमा धनबहादुर थापामगर, कोषाध्यक्षमा देवबहादुर ढेंगामगर र सह–कोषाध्यक्षमा रेखा रानामगर चयन हुनुभएको छ ।
त्यसैगरी, एकाइ सदस्यहरूमा होमकला पुनमगर, पिया आलेमगर, उर्मिला रानामगर, कोपिला रानामगर, पद्मा आलेमगर, भीम पुनमगर, संगीता थापामगर, शान्ति रानामगर र तेजबहादुर रानामगर रहनुभएको छ ।


यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मगर जाति आफ्नो अधिकार र भाषा, संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । आफ्नो पहिचानका लागि संगठित हुनुपर्नेमा जोड दिँदै अध्यक्ष पुनमगरले हरेक बस्तीका मगर समुदायलाई संगठित गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एकाइ अध्यक्ष ज्योतिराम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगर, नेपाल मगर भुसाल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर थापामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरलगायतले बोल्नुभएको थियो ।

Advertisment