इजरायलको कृषि अध्ययन गर्दै गण्डकी प्रदेशका कृषि मन्त्री थापा

पोखरा, ११ मंसिर
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा “जीवन्त” यतिबेला मध्यपूर्वी एसियाको देश इजरायलको भ्रमणमा हुनुहुन्छ । मन्त्री थापा कृषि भ्रमणका शिलशिलामा एक साताका लागि इजरायल प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भरत खनालले जानकारी दिनुभयो ।
इजरायलमा रहँदा मन्त्री थापाले त्यहाँको कृषि प्रणाली र प्रविधिका बारेमा अध्ययन गरिरहनुभएको छ । त्यहाँ रहँदा उहाँले केही महत्वपूर्ण भेटघाट समेत गर्नुभएको स्वकीय सचिव खनालले जानकारी दिनुभएको छ । मन्त्री थापालाई इजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्यले स्वागत गर्नुभएको छ ।
मन्त्री थापाले त्यहाँको मृतसागरबाट नुन प्रशोधन गरी नुन उत्पादन गरिने क्षेत्र, व्यवसायिक कृषि फर्महरूको अवलोकन समेत गर्नुभएको छ । कृषि क्षेत्रमा इजरायलले कसरी विकास भइरहेको भनेर आफूले बुझ्ने मौका पाएको मन्त्री थापाले बताउनुभएको छ ।

Advertisment