भारतसँगको सीमा विवादको दीर्घकालीन समाधान गर्न आदिवासी जनजाति महासंघको माग

पोखरा, २४ कात्तिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालले हालै भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनैतिक नक्सामा नेपाली भूमि समावेश गरेकोप्रति कडा आपत्ति जनाएको छ ।
नेपाली भूमिलाई आफ्नो भूमिमा पारेर भारतले हेपाहा र विस्तारवादी चरित्र देखाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघका संयोजक सुरेश आलेमगरले हस्ताक्षर गरेको विज्ञप्तिमा भारतले नेपालको कालापानी क्षेत्र, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, मानेभञ्ज्याङ, महेशपुर, छपकैयालगायतका थुप्रै ठाउँमा सीमा मिचेको भन्दै भारतीय हर्कतको कडा विरोध गरिएको छ ।
विज्ञप्तिमार्फत् महासंघले भारतको नयाँ नक्सा तुरुन्त सच्याउन माग गर्दै भारतसँग अविलम्ब कुटनैतिक पहल गरी सीमासम्बन्धी विवादको दीर्घकालीन समाधानको पहल गर्न नेपाल सरकारसमक्ष माग समेत गरेको छ ।

Advertisment