जोन्टा क्लब, पोखराद्वारा शतवार्षिकीमा विश्व शान्ति स्तुपामा दीप प्रज्ज्वलन

पोखरा, २२ कात्तिक
जोन्टा इन्टरनेशनलको स्थापनाको सय वर्ष पूरा भएको अवसरमा जोन्टा क्लब, पोखराले विश्व शान्ति स्तुपामा दीप प्रज्ज्वलन गरी मनाएको छ ।
जोन्टा इन्टरनेशनलको शतवार्षिकीका अवसरमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो । “सेवा र समर्थनका माध्यमबाट महिलालाई सशक्तिकरण गरौं” भन्ने मूल नाराका साथ सेवामूलक क्लबका रुपमा सन् १९१९ नोभेम्बर ८ तारिखमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा स्थापना भएको हो । व्यवसायी महिलाहरूको समूहका रुपमा स्थापना भएको यस क्लबको संस्थापक मारियान डे फरेस्ट हुन् ।
अमेरिकाको इलिनोइसमा प्रधान कार्यालय रहेको यस क्लब स्थापना भएको धेरै वर्ष पछि मात्र नेपालमा स्थापना भएको हो । काठमाडौंमा पाँच वर्ष अघि स्थापना भएको यस जोन्टा क्लब, पोखरामा पाँच महिनाअघि मात्र गठन भएको जोन्टा क्लब, पोखराकी अध्यक्ष लिना श्रेष्ठले जानकारी दिनुभयो । महिलाको सशक्तिकरणका लागि आवाज उठाउँदै आएको संस्था भएकाले पोखरामा पनि यस संस्थाको सुरुवात भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisment