कास्की–२ मा कांग्रेसले खेमराज पौडेललाई उठाउने

काठमाडौं, २० कात्तिक
नेपाली कांग्रेसले कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस पदाधिकारीहरूको बुधबार बसेको बैठकले पौडेलको नाममा सहमति जुटाएको हो । यसअघि कास्की–२ मा धनराज गुरुङलाई टिकट दिने भनिएको थियो । तर, आफ्नो नाममा सहमति नजुटेपछि गुरुङले बुधबार बिहान उम्मेदवार नबन्ने घोषणा गर्नुभएको थियो ।
यस्तै, प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को कमा कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख)मा जीत शेरचन र दाङ निर्वाचन क्षेत्र नं. ३ को (ख) केशव आचार्यको छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

Advertisment