गायिका निर्मलाको नयाँ सालैजो ‘इन्द्रेणीको रङ’

पोखरा, २९ असोज
चर्चित लोक तथा दोहोरी गायिका निर्मला थापामगरले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएकी छन् । निर्मलाले “इन्द्रेणीको रङ” बोलको सालैजो बजारमा ल्याएकी हुन् ।
गायिका निर्मलालाई गायक सुरेश रानाले स्वरमा साथ दिएका छन् भने लय तथा शब्द पनि गायक सुरेश रानाकै रहेको छ । गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् ।
सो सालैजो गीतको म्यूजिक भिडियोमा आरुषी मगर र अस्विन मगरले अभिनय गरेका छन् । नवीन उप्रेतीको छायांकन, सुप्रिम पराजुलीको रङ र विजय टिकाथरिको सम्पादन रहेको म्यूजिक भिडियोको निर्देशन भने सिर्जन बरालले गरेका हुन् ।

https://www.youtube.com/watch?v=xEUvXSXCZKI

Advertisment