संघीयता शासकहरूलाई लैनो गाइ भयो ः अध्यक्ष केसी

पोखरा, २८ असोज
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय चेलीलाई नेपालीले विवाह गरेर ल्याउँदा एउटा हातले निधारमा सिंदुर, अर्को हातमा नागरिकता, सांसद र मन्त्री सम्म पाउने गरेको दाबी गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशस्तरीय आम सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले भारतीय चेलीलाई नेपालीले विवाह गरेर ल्याउँदा एउटा हातले निधारमा सिंदुर, अर्को हातमा नागरिकता, सांसद हुँदै मन्त्रीसम्म हुने गरेको दाबी गर्नुभएको हो ।
भारतीयले विवाह गरेर लगेमा ७ वर्ष सम्म कुनै चेलीले नागरिकताको विषयमा कुरा उठाउन नपाउने प्रावधान भएको उहाँले बताउनुभयो । भारतीय चेली बुहारी बनेर नेपाल आउँदा मन्त्रीसम्म हुने गरेको प्रसंगमा आफुले झुट बोलेको भए अनुसन्धान गर्न आग्रह गर्दै झुटा कुरा गरे रुखमै झुण्डाउन पोेखरेलीहरू माझ कसम खानुभएको हो । अध्यक्ष केसीले नेपाली जनताले धान्नै नसक्ने, पाल्नै नसक्ने संघीयतालाई हाल विभिन्न राजनीतिक दलहरूले लैनो गाईको रुपमा प्रयोग गर्दै आएको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, “संघीयता खारेज गर्न हिजो पञ्चायत खारेज गर्न, हिजो राजतन्त्र हटाउन, नेपाली जनता सडकमा आए झै संघीयताका विरुद्धमा अब नेपाली निस्कने होइन भने संघीयताको नाममा प्रदेश र माथिका साथेलाई आनन्दै हुने छ, उनीहरूलाई त संघीयता लैनो गाई नै भएको छ ।” विदेशबाट ल्याएको रेमिट्यान्सले कहिलेसम्म संघीयतालाई धान्न सक्छ भन्ने प्रति प्रश्न गर्दै अध्यक्ष केसीले नेपाल एकात्मक प्रणालीको विकल्पै नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो सानो मुलुकमा संघयता आवश्यक नै छैन यो मैले धेरै वर्ष अघि देखि भन्दै आएको छु, अब त तपाई आम जनता र केही नेतालाई पनि यसको प्रभाव प¥यो होला नि, ५० रुपैयाँको तरकारी एक सय ५० रुपैया तिर्दा, अनि ११ सयको कर ३५ हजारसम्म तिर्दा । ” साना साना भ्रष्टचार खरदार र चौरीदारलाई कारबाही गर्ने सरकारले ठूला ठूला भ्रष्टाचारका बारेमा कुरा गर्न नखोजेको उहाँको आरोप छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो भूमिका खेल्न नसकेको दाबी गर्दै अध्यक्ष केसीले वाइडबडी, ३३ केजी सुन सहितका ठूला भ्रष्टाचारको विषयमा कांग्रेस मौन बसेको आरोप लगाउँदै कांग्रेसका केही नेता पनि भ्रष्टाचारमा संलग्न भएको जनाउनुभयो ।
देशमा अझै पनि वैदेशिक हस्तक्षेप भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा अझै वैदेशिक हस्तक्षेप भएको छ, यहाँ युरोपियन युनियन देखि आइएनजीहरुले केही काम गर्ने नाममा देशमा हस्तक्षेप गर्ने, राज्यले धान्नै नसक्ने ७ प्रदेश बनाउने काममा हाल केही रकम सघाएका छन्।” भारतीय चेलीसंग नेपालीले विवाह गर्दा उनीहरुले एउटा हातमा सिन्दुर, अर्को हातमा नागरिकता र सांसद केही बर्ष पछि मन्त्रीसम्मको पद ल्याउने गरेको उहाँले दाबी गर्नुभयो । भारतीयसंग कसैले विवाह गएर गएका चेलीले ७ बर्ष सम्म नागरिकताको बिषयमा कुरा उठान नपाउने प्राबधान हुदा हुदै नेपालमा भारति चेलीसंग नागरिकता दिन साथ नागरिकता दिने प्रणाली तत्काल परिवर्तन गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष केसीले डेढ बर्षसम्म पनि केही प्रदेशको नाम र राजधानी घोषणा गर्न पनि नसक्नु संघीयता कार्यान्वयन गर्न असफल भएको दाबी गर्नुभयो । नेपालमा संघीयता कार्यान्वयन गराउन ११ अर्ब ४० करोड यूरोपियन सहितका आइएनजीओहरुबाट नेपालमा सहयोग आएको उहाँले जनाउनुभयो । भारतले नागरिकता विधेयक पेश गरेको उहाँले जनाउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका राजनीतिक पार्टीहरु विदेशीको चाकडी गरेर, विदेशीको दलाली गरेर चुनाव जित्दै सक्तामा जाने त्यो न प्रबृत्ति हो ।” घुस खाएर पैसा जम्मा गरेका घुस्याहाका छोरा छोरी डाक्टर बन्न सक्ने तर गरिब जनताका क्षमतावान छोराछोरा पैसाको अभावमा डाक्टर बन्न नसक्ने अध्यक्ष केसीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “घुस्याँ, ठुला व्यापारीका छोराछोरी, भूमाफिया, शिक्षा माफियाका छोराछोरी तीनीहरु मात्र डाक्टर बन्न सक्छन, असाध्यै ट्यालेण्ड छ, असाध्यै योग्य छ तर तपाईले आफ्ना छोराछोरीलाई डाक्टर बन्न एक करोड रुपैया चाहिन्छ ।” गरिब जनताका बाबु आमाले सपनामा पनि आफ्ना छोराछोरीलाई डाक्टर बनाउन नसक्ने उहाँले भन्नुभयो । क्षमता भएका गरिब जनताका छोराछोरी डाक्टर, पाइलट बनाउन सक्नुपर्ने बताउँदै अध्यक्ष केसीले देशमा अझै भेदभाव भएको दाबी गर्नुभयो । नेताहरु बिरामी हुदा थाइल्याण्ड, अमेरिका तिर गए पछि गरिब जनता सामुदायिक हस्पतालमा डाक्टर नभएर मृत्यु वरण गर्नुपरेको जनाउनुभयो । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisment