बागलुङ समाज पोखराको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा, १२ असोज
बागलुङ समाज पोखराले नेपालीहरूको महान् चाडहरू बडा दशैं, तिहार, छठ पर्व एवं नेपाल सम्वत् ११४० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी समाजका सदस्यहरूले एक आपसमा शुभकामना साटासाट गरेका थिए । सो अवसरमा समाजका पूर्वअध्यक्षहरू अमृतलाल श्रेष्ठ, प्रा.डा. भवानीप्रसाद पाण्डे (भाष्कर), गण्डकी मेडिकल कलेजका प्राचार्य प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, भीमबहादुर श्रीस, गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्री, पूर्व सचिव आकाश गौतम, बागलुङ पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुनलगायतले शुभकामना दिनुभएको थियो ।
समाजका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल पाण्डे र सचिव डिल्लीप्रसाद शर्माले पनि बोल्नुभएको थियो ।

Advertisment