नवनिर्वाचित आदिवासी जनजातिसम्बद्ध संघसंस्थालाई तमु ह्युल छोंज धिंको बधाई

पोखरा, ९ असोज
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ४ नं प्रदेश र कास्कीद्वारा आयोजित विभिन्न जनजाति संघ संस्थाहरुमा निर्वा्चित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि तमु ह्युल छोंज धिंका पूर्व महासचिव खड्गबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै तमुहरुले यथास्थिति सोचलाई परिवर्तन गर्न सके एकता हुने बताउनुभयो । अब तमु ह्युल छोज धिंले पोखरामा आधुनिक तमु संग्रहालय स्थापना गर्न लागेको बताउनु भयो ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, तमु सांस्कृतिक प्रतिष्ठान नेपाल, हिमाली साँस्कृतिक परिवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश, तमु प्ये ल्हु संघ केन्द्रीय महिला समिति, तमु प्ये ल्हु संघ, जिल्ला महिला समिति, तमु धिं नेपाल केन्द्रीय आमा समिति, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान), नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष दिलु गुरुङ, तमु कलाकार संघ, गण्डकी प्रदेश, युनाइटेड गुरुङ सोसाइटी अमेरिका र छ्याजलो डट कमका अध्यक्ष तिलक गुरुङलाई संस्थागत रुपमा सम्मान गरेका थिए ।
त्यस्तै, सम्मानित व्यक्तित्वहरूबाट नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र गुरुङ र निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर, तमु प्ये ल्हु संघ केन्द्रीय आमा समितिकी अध्यक्ष पुष्पा तमुस्यो, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का संघसंस्था विभाग प्रमुख गल गुरुङ र युनाइटेड गुरुङ सोसाइटी अमेरिकाका अध्यक्ष प्रदीप गुरुङले बोल्नुभएको थियो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलु गुरुङले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको अध्यक्षता तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ४ नं प्रदेशका अध्यक्ष पदमबहादुर गुरुङले र सञ्चालन सचिव जीवन गुरुङले गर्नुभएको थियो ।

Advertisment