नेपाल मगर संघ, कास्कीद्वारा सल्लाहकार चयन तथा विभाग गठन (सूचीसहित)

पोखरा, ५ भदौ
नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित समितिको छैठौं बैठकले विभिन्न विभाग गठन गर्नुका साथै, सल्लाहकारहरू चयन गरेको छ ।
शनिबार सम्पन्न बैठकले नौ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा सल्लाहकारहरू इन्द्रबहादुर गर्बुजामगर, क्या. भीमबहादुर थापामगर, गगनसिंह थापामगर, टोपबहादुर थापामगर, पूर्णबहादुर रानामगर, फूलकुमारी थापामगर, बालकृष्ण काउछामगर, मे. प्रेमबहादुर थापामगर र मोतीश्वर थापामगर रहनुभएको छ ।
त्यस्तै, बैठकले विभिन्न विभागहरू समेत गठन गरेको छ । जसमा संगठन विभाग प्रमुखमा भक्तबहादुर पुनमगर, प्रचारप्रसार, प्रकाशन तथा प्रशिक्षण विभाग प्रमुखमा तिलक पुनमगर, भवन संरक्षक एवं भौतिक पूर्वाधार विकास विभाग प्रमुखमा दलबहादुर श्रीसमगर, आर्थिक विभाग प्रमुखमा जीवन थापामगर, स्वास्थ्य तथा वातावरण विभाग प्रमुखमा डिलबहादुर श्रीसमगर, पेशा तथा व्यवसाय विभाग प्रमुखमा देउकुमारी थापामगर, भाषा तथा शिक्षा विभाग प्रमुखमा शिव थापामगर, कला तथा संस्कृति विभाग प्रमुखमा गोविन्द पुनमगर र युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा दिनेश रोकामगर रहनुभएको प्रचार विभाग प्रमुख तिलक पुनमगरले जानकारी दिनुभयो । विभाग प्रमुखहरूले ६ सदस्यीय विभागीय समिति निर्माण गर्नेछन् ।
बैठकमा संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर र सल्लाहकार बालकृष्ण काउछामगरले संघको गतिविधि र कार्ययोजनाका विषयमा दिशानिर्देश गर्नुभएको थियो । अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव रामबहादुर थापामगरले गर्नुभएको थियो । साथै, सो बैठकले पाँच जना पदाधिकारी र नौ जना विभागीय प्रमुखहरूसहितको जिल्ला सचिवालय समेत गठन गरेको छ ।

Advertisment