गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ३० भदौ
गलकोट समाज, पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समाजका ज्येष्ठ सदस्य, समाजसेवी अमरबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, गलकोट समाज, पोखराका वरिष्ठ सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे (भाष्कर), स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिमबहादुर खड्का, समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार हिराबहादुर खत्री, प्रभु बैंक, नयाँसडक शाखाका शाखा प्रबन्धक चेतनारायण गौतमलगायतले समाजको बारेमा बोल्नुभएको थियो ।
समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खडकबहादुर थापा र सह–सचिव कृष्णबहादुर खत्रीले पनि बोल्नुभएको थियो । समाजको साधारणसभाले समाजका सचिव द्रोण खत्री (पूर्वक)ले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष क्या. पूर्णबहादुर खत्रीले प्रस्तुत गर्नुभएकोमा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।

Advertisment