मगर सांस्कृतिक संघ, कास्की अध्यक्षमा सरिता सारू

पोखरा, ९ भदौ
नेपाल मगर सांस्कृतिक संघ, कास्कीको अध्यक्षमा सरिता सारूमगर चयन हुनुभएको छ । शनिबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सारू सर्वसम्मत चयन हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सुरज थापामगर, महिला उपाध्यक्षमा सञ्जु थापामगर, सचिवमा सुरेश रानामगर, सह–सचिवमा रमा रानामगर र कोषाध्यक्षमा वसन्ती थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा दिवस थापामगर, सृजना आलेमगर, रेनु रिलामीमगर, चिना थापामगर, बत्ती थापामगर, भविकला घर्तीमगर, कल्पना आलेमगर, सन्तोष पुनमगर, रेशम थापामगर, लाली थापामगर, कमल श्रीसमगर, पप्पु थापामगर र ललिता पुनमगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपसागर थापामगरले गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका इञ्चार्ज पदम थापामगर, अग्रज लोकगायिका नन्दा पुनमगर, नेपाल मगर सांस्कृतिक मञ्चका संस्थापक अध्यक्ष तिलकप्रसाद पुनमगरलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा अग्रज लोकगायिका नन्दा पुनमगरलाई सम्मान गरिएको थियो । सम्मानित प्रतिभा छनौटका लागि संस्कृतिकर्मी शिव थापामगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो । छनौट समितिका सदस्यहरूमा तारामाया थापामगर, रूद्रबहादुर श्रीसमगर, गोविन्द पुनमगर र संघका जिल्ला अध्यक्ष दीपक थापामगर रहनुभएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीका निवर्तमान अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता सारूमगरले स्वागत गर्नुभएको थियो ।

 

Advertisment