देउराली युवा क्लबले तीज विशेष कार्यक्रम गर्ने

पोखरा, १७ साउन
देउराली युवा क्लब, हरिनास गाउँपालिका–६, देउराली, स्याङ्जाले क्लबको सातौं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी भदौ १६ गते तीज विशेष कार्यक्रमसहित साबिक वडास्तरीय जुनियर पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष रमेश रानाले जानकारी दिनुभयो । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार, द्वितीय २५ हजार र तृतीय १५ हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र राखिएको अध्यक्ष रानाले बताउनुभयो ।
तीज विशेष कार्यक्रममा एक दिने सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । अध्यक्ष रानाका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुती समेत रहनेछ । कार्यक्रममा गायक, गायिकाहरू जयकुमार परियार, कृष्ण विरही, पूजा गुरुङ, ऋतु गुरुङ, काली रानामगर, रमेश राना, अस्मी थापामगर, सरस्वती मानन्धर, पारू मानन्धर, अशोक सारूमगर, ¥याप गायक निश्चल, एलएक्स मगर र नृत्यांगना शशीकला राईलगायतको प्रस्तुती रहने अध्यक्ष रानाले जानकारी दिनुभयो ।

Advertisment