अन्तर कलेज ‘हिमाअस कप–२०१९’ फुटसल प्रतियोगिता हुने

पोखरा, १५ साउन
पोखरामा इन्टरकलेज “हिमाअस कप २०१९” फुटसल प्रतियोगिता हुने भएको छ । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेन्ट आयोजना सँगै म्यानेजमेण्ट लगायत उत्प्रेरणा र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
आयोजक सँस्थामा एपी इन्टेरटेन्मेण्ट पनि रहेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसटी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले सौन्दर्य प्रतियोगिता सँगै खेल प्रति पनि आर्कषित भएको बताउनुभयो । “खेल क्षेत्रमा पनि आबद्ध रही सेवा गरौ भन्ने उद्देश्य हाम्रो पहिले देखि नै थियो”, उहाँले भन्नुभयो, “बल्ल आज आएर पूरा भएको छ ।” “हिमाअस एजुकेशन एण्ड कन्सलटेन्सीको प्रचारप्रसार सहित पोखरामा फुटसलको फिवर बढाउने लक्ष्य राखेर हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हांै”—प्रतियोगिताका खेल संयोजक एवम एपी इन्टरटेन्मेण्टका निर्देशक अर्जुन पाण्डेले भन्नुभयो । यसबाट एक कलेजसँग अर्को कलेजका विद्यार्थीहरूबीच प्रत्यक्ष भेटघाटसहित परिचय पनि हुनेछ, उहाँले बताउनुभयो ।
फुटसल प्रतियोगितामा पोखराका ३० कलेजको सहभागी रहने अपेक्षा गरिएको छ । १०+१ देखि स्नातकसम्मका विद्यार्थी खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिता यही साउन ३१ गते शुक्रबार र ३२ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पोखरा स्काई स्पोर्टस, भाटभटेनी सुपर स्टोर्स नयाँसडक, पोखरामा हुनेछ । प्रतियोगितामा सहभागी शुल्क रु २५०० राखिएको छ । फुटसलमा सहभागीले आवेदन फारम श्रावण २९ गते सम्म भरिसक्नुपर्नेछ । प्रतियोगितामा सहभागी सँख्या ८ जना (५ खेलाडी र ३ वैकल्पिक) कायम गरिएको छ । प्रतियोगिताबाट विजेता, उपविजेता, उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीले पुरस्कार स्वरुप क्रमश ः नगद रु २० हजार, १० हजार, १ हजार र १ हजार सहित ट्रफि र अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि फारम हिमाअस एजुकेशन कन्सलटेन्सी,न्युरोड र दि मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहचोकमा पाइने आयोजक एसटी क्रियशनले जानकारी गराएको छ ।

Advertisment