मगर संघ, सैनिक एकाइद्वारा मुटुरोगी र क्यान्सरपीडितलाई सहयोग

पोखरा, १० साउन
नेपाल मगर संघ, सैनिक एकाइ समिति, पोखरा–२९, सैनिकबस्तीले मुटुरोगी र क्यान्सरपीडितलाई जनही ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
मगर संघ सैनिक एकाइको निर्माणाधीन कभर्डहलमा शुक्रबार आयोजित एक कार्यक्रममा मुटुरोगी ओमबहादुर थापामगर र क्यान्सरपीडित तुलबहादुर थापामगरलाई जनही ५०/५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर र एकाइ अध्यक्ष हरकुमार रानामगरले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा पूर्व जिल्ला सदस्य एवं सल्लाहकार कमला थापामगर, सल्लाहकार प्रसन्नलाल थापामगर, उपाध्यक्ष उमा थापामगर, सचिव ओमबहादुर पाण्डेमगर, सह–सचिव भावना बुढाथोकीमगर, कोषाध्यक्ष सुकमाया थापामगर, नेपाल मगर महिला संघ, सैनिक एकाइकी अध्यक्ष नरमाया थापामगरलगायतले बोल्नुभएको थियो ।

Advertisment