मिस मगर टोली थाइल्याण्ड भ्रमणबाट फर्कियो

पोखरा, ७ साउन
चौथो संस्करणको मिस मगर नेपाल–२०१९ को बिजेतासहितको टोली थाइल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएको छ । एक साताको भ्रमण पूरा गरी मिस मगर नेपालको टोली स्वदेश फर्किएको हो ।
एसटी क्रियशन प्रालिको आयोजना भएको मिस मगर नेपाल–२०१९ को उपाधि सनम गर्बुजामगरले जितेकी थिइन् । त्यस्तै, सोनी पुनमगर फष्ट रनर अप र सानिया पुनमगर सेकेण्ड रनर अप भएकी थिइन् भने उषा अर्मजामगरले भूअर्स च्वाइस अवार्ड जित्न सफल भएकी थिइन् । उनीहरूलाई आयोजकले पुरस्कारस्वरुप विदेश भ्रमणको व्यवस्था समेत गर्ने घोषणा गरेको थियो । जस अनुसार उनीहरू विदेश भ्रमणका रुपमा थाइल्याण्डको भ्रमणका लागि गएका हुन् ।
मिस मगर नेपालको बिजेता टोलीसँगै भ्रमणमा कार्यक्रम निर्देशक एवं कोरियोग्राफर सुरज थापामगर र कार्यक्रम संयोजक इनिशा दुरामगर समेत सहभागी हुनुहुन्थ्यो । थाइल्याण्ड भ्रमणका क्रममा टोलीले राजधानी बैंककलगायत त्यहाँका पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो ।

Advertisment