‘मिलन वल्र्ड डट न्यूज’ र ‘छ्याजलो न्यूज डटकम’को एकै साथ शुभारम्भ

पोखरा, ४ साउन
छ्याजलो मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित ‘छ्याजलो न्यूज डटकम’ र मिलन डी.जी. इन्टरनेशनल प्रालिद्वारा सञ्चालित ‘मिलन वल्र्ड डट न्यूज’ समाचार अनलाइनको गण्डकी प्रदेशको राजधानी पोखराबाट एकै साथ शुभारम्भ गरिएको छ। गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले दुई अनलाइनको एकै साथ शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा बोल्दै सांसद् गुरुङले मिडिया वाच डग होइन राज्यको अभिभावक बन्नुपर्ने बताउनुभयो। समाजमा सकरात्मक परिवर्तनका लागि मिडिया र मिडियाकर्मी उदाहरणीय बन्नुपर्दछ, पत्रकारले पित पत्रकारितालाई धर्म ठान्न नहुने उहाँको भनाई थियो।मिडिया सन्तुलित, नैतिकवान हुनुपर्दछ भन्ने विमोचित दुवै अनलाइनहरू संख्या थपिने मात्र नभएर गुणस्तरीय हुनुपर्ने पूर्व तमु सञ्चारकर्मी संघकी केन्द्रीय अध्यक्ष समेत रहनुभएकी गुरुङले बताउनुभयो। मिडियाको धर्म र कर्म बुझेर आवाज विहीनको आवाज, आदिवासी जनजातिको मौलिकता, अधिकारका लागि मिडिया साधन बन्नुपर्दछ भन्दै उहाँले प्रेस स्वतन्त्रता कतैबाट कुण्ठित हुन नहुने बताउनुभयो।
कार्यक्रममा छ्याजलो मिडिया ग्रुप प्रालिका अध्यक्ष तिलबहादुर गुरुङले छ्याजलो न्यूज डटकमको बारेमा जानकारी गराउँदै तमु समुदायका भाषा, कला, संस्कार, संस्कृति, मौलिकता र गतिविधिको प्रचार प्रसार गर्न अनलाइन सञ्चालनमा ल्याएको बताउनुभयो। छ्याजलो न्यूज डटकम र मिलन वल्र्ड डट न्यूज यस अघि नै सञ्चालनमा आइरहे पनि औपचारिक शुभारम्भ बिहीबार गरिएको हो ।
मिलन वल्र्ड डट न्यूजका सञ्चालक देउकी सिंजाली (दिपिका मिलन)ले मिलन वल्र्ड डट न्यूजले संघसंस्था, चलचित्र र मनोरञ्जनात्मक गतिविधि र सामाजिक कार्यसम्बन्धी समाचारहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो।
छ्याजलो मिडिया ग्रुप प्रालिका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा पूर्व सभासद् अमर गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय आमा समिति अध्यक्ष पुष्पा तेल्मे गुरुङ, तमु कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, भकारी एडभटाइजिङका सञ्चालक कृष्णकुमार गुरुङ, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो भने मिलन वल्र्ड डट न्यूजका सम्पादक रूद्रबहादुर श्रीस मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

Advertisment