गायक राजबहादुर गुरुङको ‘ङोल्स्यो म्हिथेबा’ सार्वजनिक

पोखरा, ३ साउन
लामो समयदेखि नृत्य प्रशिक्षण र निर्देशनमा क्रियाशील राजबहादुर गुरुङ गायकका रुपमा प्रस्तुत भएका छन् । गुरुङले आफ्नो पहिलो गायन प्रस्तुतीका रुपमा गुरुङ भाषाको गीत “ङोल्स्यो म्हिथेबा” (सोल्टिनी नानी) सार्वजनिक गरेका छन् । रोल…
शुक्रबार आयोजित कार्यक्रममा गीत सार्वजनिक पछि बोल्दै गुरुङले आफ्नो गायनमा लाग्ने धोको बल्ल पूरा भएको बताए । गुरुङ भाषाको गीतबाट आफूले गायन यात्रा सुरु गरेको भन्दै आगामी दिनमा नेपाली गीतहरू पनि गाउने बताए ।
गुरुङ गीत सार्वजनिक गर्दै गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङले मातृभाषाको प्रवद्र्धनमा यस गीतले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । केबी गुरुङ (बेलायत)को शब्द र मनोज गुरुङको संगीत रहेको सो गीतमा गायक राजबहादुर गुरुङलाई गायिका मिलन नेवारले साथ दिएकी छिन् ।

Advertisment