गायक नवीन रानाको ‘झोले जिन्दगी’

पोखरा, ५ असार
लोक तथा दोहोरी गायक एवं संगीतकार नवीन रानाले आफ्नो नयाँ सांगीतिक कोसेली ‘झोले जिन्दगी’ लिएर आएका छन् । गायक नवीनले आफ्नो फरक प्रस्तुतीका रुपमा ल्याएको यो गीतमा उनले आफैं मुख्य भूमिकामा अभिनय गरेका छन् । म्यूजिक भिडियोमा एक युवाको जिन्दगीलाई प्रस्तुत गर्न खोजिएको छ ।
गायक नवीनको स्वर एवं शब्द रहेको यो गीतमा सुविन सेञ्चुरीको संगीत रहेको छ । आशीष अविरलको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ एबीएन किस्मतले गरेका हुन् भने राग रेकर्डस्मा रेकर्ड गरिएको हो । राजीव बलामीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा मिलन गुरुङको छायाङ्कन तथा सम्पादन र श्रीराज इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्सन रहेको छ ।
म्यूजिक भिडियोमा गायक नवीनसहित हरिबहादुर महत, भृकुटी श्रीस, सीता दुलाल, सरोज छन्त्याल, मोहन थापा, सुनम थापाले अभिनय गरेका छन् । म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।
म्यूजिक भिडियो पूरा हेर्नका लागि लिंक ः

Advertisment