पोखरा–१६ मा एक हप्ते तरकारी नर्सरी तालिम सुरु

पोखरा, २७ जेठ
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा महिला उद्यमी संघ, कास्कीले पोखरा महानगरपालिका वडा नं. १६ मा एक हप्ते तरकारी नर्सरी तालिम सुरु गरेको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले महिलाहरू उद्यमशील बन्न आवश्यक रहेकोमा जोड दिँदै तरकारी नर्सरी तालिमले तरकारी खेतीका लागि उत्प्रेरित गर्ने समेत बताउनुभयो । टोलटोलमा महिला उद्यमी जन्माउने संघको अभियानमा आफू सधैं साथमा रहेको जनाउँदै सांसद् गुरुङले तरकारी खेतीका लागि तरकारी नर्सरीको जरुरी हुने बताउनुभयो ।
पोखरा–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडा नं. १६ मा चिस्यान केन्द्र (कोल्ड स्टोर)को आवश्यकता रहेको बताउँदै त्यसको स्थापनाका लागि वडाले पहल गरिरहेको बताउनुभयो । वडा नं. १६ मा जग्गा जमिन प्रशस्त भएकाले तरकारी खेतीको उच्च सम्भावना भएको ठाउँ भएको भन्दै वडाध्यक्ष आचार्यले तरकारी खेतीमा जोड दिएर तरकारीमा आत्मनिर्भर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति, कास्कीकी सदस्य गोमादेवी गौतम, कृषि सञ्जाल संयोजक सुवास अधिकारी, हेम्जाका कृषि अधिकृत उपकार भण्डारीलगायतले तालिमले तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्ने प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
महिला उद्यमी संघ, कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष पार्वती पौडेल रेग्मी र कोषाध्यक्ष सरु बरालले स्वागत गर्नुभएको थियो । एक हप्तासम्म सञ्चालन हुने तालिममा २० जना सहभागी छन् ।

Advertisment