पोखरा–११ मा एक हप्ते पुष्प नर्सरी तालिम सुरु

पोखरा, २७ जेठ
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा महिला उद्यमी संघ, कास्कीले पोखरा महानगरपालिका वडा नं. ११ मा एक हप्ते पुष्प नर्सरी तालिम सुरु गरेको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले यस्ता तालिमले सौन्दर्यता प्रवद्र्धन एवं आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताउनुभयो । महिलाहरूलाई उद्यमशील बनाउँदै उद्यमशीलताको विकासमा समेत तालिमले सहयोग पु¥याउने बताउँदै सांसद् गुरुङले महिलाहरू आयआर्जनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
वडा नं. ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै यस्ता तालिमले महिलाहरूलाई आयआर्जनसँग जोड्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कास्की हस्तकला संघकी सचिव सीता गुरुङले पनि बोल्नुभएको थियो ।
महिला उद्यमी संघ, कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रतिभा गैरे र उपाध्यक्ष पार्वती पौडेल रेग्मीले गर्नुभएको थियो । यही जेठ मसान्तसम्म सञ्चालन हुने तालिममा ४० जना सहभागी छन् भने पुष्प व्यवसायी दयाकुमार द्वाले प्रशिक्षण दिनुहुनेछ ।

Advertisment