पत्रकार महासंघ, गण्डकी प्रदेशको साधारणसभा जेठ ३१ र ३२ गते

पोखरा, ९ जेठ
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको प्रथम प्रदेश साधारणसभा यही जेठ ३१ र ३२ गते गण्डकी प्रदेशको राजधानी पोखरामा गरिने भएको छ ।
महासंघ गण्डकी प्रदेश समितिको बिहीबार पोखरामा बसेको बैठकले प्रदेश साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा सम्पन्न गर्नका लागि अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा ३२ सदस्यीय साधारणसभा मूल समारोह समिति गठन गरेको छ । जसमा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू र गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला शाखाका अध्यक्षहरू सदस्य रहनेछन् भने प्रदेश समितिका सल्लाहकारहरू मूल समारोह समितिको सल्लाहकारका रुपमा रहनेछन् ।
त्यस्तै, साधारणसभा सम्पन्न गर्नका लागि महासचिव गणेश पौडेलको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति, सचिव इन्द्र पौडेलको संयोजकत्वमा आवास तथा खाना व्यवस्थापन उपसमिति, अर्का सचिव रूद्र श्रीसमगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति एवं प्रदेश सदस्यद्वय गोविन्द सुवेदी र राम्जी लम्सालको नेतृत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
बैठकले सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघको आÞवानमा यही जेठ २५ गते प्रदेशस्तरीय रुपमा पोखरामा मानवसाङ्लो प्रदर्शन गर्ने र २४ गते प्रदेश समितिको पूर्ण बैठक बस्ने निर्णय समेत गरेको महासचिव गणेश पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले नेपाल पत्रकार महासंघ, कास्की शाखाको भवनको माथिल्लो तल्लामा प्रदेश समितिका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र त्यसका लागि आवश्यक स्रोत जुटाउने निर्णय समेत गरेको छ ।

Advertisment