सेकेण्ड ह्याण्ड बाईक किनबेच गर्न भटभटे एप

काठमाडौं, ९ जेठ । घरमै बसेर सेकेण्ड ह्याण्ड मोटरसाईकल किन्न र बेच्न सक्ने गरी ए एम नेपाल प्रालिले भटभटे एप प्रयोगमा ल्याएको छ । यसमा मोटरसाईकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाईकलको तोकिएको विवरण सो एपमा पोष्ट गर्न सक्छन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाईन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाईकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला केवल मोटरसाईकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्ष्यित गरी भटभटे एप विकास गरिएको बताइएको छ ।

“भटभटे (bhatbhate)एप” प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाईकल बेच्न किन्न सकिन्छ, रिकण्डीसन हाउससम्म धाउन पर्दैन,” एएम नेपाल प्रालिका महाप्रवन्धक खेमराज देवकोटाले बताउनुभयो । यो बाइक किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रवन्धक देवकोटाले प्रष्ट गर्नुभयो । उपत्यकामा मात्रै झण्डै नौ लाख २१ हजार ९१७ मोटरसाईकलको संख्या रहेको छ ।

स्र्माट एन्ड्रोइड फोन हुनेले गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर भटभटे एप जोकोहीले निशुल्क डाउनलोड गरी इन्स्टल गर्न सक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताउनुभयो । हाल यो निुशल्क छ । करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले बाईक पोष्ट गर्न प्रति बाइक रु ५०० शुल्क तिर्नुपर्दछ ।“सहज, कम मूल्य र सजिलो सवारी साधनको रुपमा रहेको मोटरसाईकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा चाहेको मूःल्यको मोटरसाईकल किन्न सहज हुनेछ,” व्यवस्थापक पाण्डेको भनाई थियो ।

हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रिको लागी राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिनुभयो । जो कोहीले जथाभावी पोष्ट गर्न नसकोस र यसलाई व्यस्थित गर्न शुल्क तोकिएको बताइएको छ । शुल्क इ सेवा अथवा एपमा रहेको पेमेण्ट गेटवेको माध्यमबाट तिर्न सकिने छ । काठमाण्डौलाई लक्षित गरीएपनि जहीकहीबाट एपको प्रयोग गर्न सकिन्छ । एपलाई विश्वव्यापी बनाउने संस्थाको उद्देश्य रहेको महाप्रवन्धक देवकोटाले बताउनुभयो ।

बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो युजर रजिस्टे«सन गरेपछि भेरीफीकेसन कोड मोवाइलमा आउने र कोड एक्टिभ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफै पोष्ट गर्नुपर्ने प्रालिका परियोजना प्रवन्धक राजेन्द्र भटराईले जानकारी दिनुभयो । त्यसमा मोटरसाईकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किमी राख्नुपर्दछ ।
किन्न चाहनेले उक्त लीस्ट हेरेर मनपरेको वाईक क्लीक गरेपछि डिस्प्ल¬े विवरण देख्नेछ । मोटरसाइकल मन परेको खण्डमा रजिस्टे«सन गरेर सेलर इन्फोमा क्लिक गरेपछि बिक्रेताको विवरण आउने र त्यसबाट क्रेता विक्रेताबीच सम्पर्क भएर किनबेच सहज हुने प्रालिका परियोजना प्रवन्धक राजेन्द्र भटराईले थप्नुभयो । क्रेताले हेर्न शुल्क तिर्नु पर्दैन तर किन्न परयो भने रजिष्ट्रेसन गरेर भेरीफीकेसन कोड हान्नुपर्ने हुन्छ । सूचनाको सुरक्षा र व्यवस्थित गर्न यो तरिका अपनाइएको बताइएको छ ।

Advertisment