बागलुङ–पोखरा मगर समाजलाई नगद तथा जिन्सी सहयोग

पोखरा, ५ जेठ
बागलुङ–पोखरा मगर समाजलाई नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ । समाजको मासिक बैठकका अवसरमा शनिबार नगद तथा जिन्सी सहयोग हस्तान्तरण समेत गरिएको छ ।
समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले समाजका लागि एक थान घुम्ने कुर्सी सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा थापामगरले समाजका सह–सचिव नरमाया पुनमगरलाई कुर्सी हस्तान्तरण गर्नुभयो । त्यस्तै, हाल हङकङनिवासी समाजकी सदस्य मीना पुनमगरले समाजका लागि १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभयो ।


साथै, कार्यक्रममा नयाँ सदस्य बागलुङ नगरपालिका–१, रायडाँडा हाल, पोखरा महानगरपालिका–५, मालेपाटननिवासी अमृता थापामगरलाई स्वागत समेत गरिएको थियो । थापामगरलाई समाजका संस्थापक अध्यक्ष थापामगरसहित पूर्व अध्यक्ष एवं सल्लाहकारहरू क्या. मीनबहादुर पुनमगर र भीमबहादुर श्रीसमगरले टीका र खादा लगाएर स्वागत गर्नुभएको हो ।
समाजकी सह–सचिव नरमाया पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान सह–सचिव रूद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो ।

Advertisment