सिसाखानी स्वास्थ्य चौकीको सामाजिक परीक्षण

सिसाखानी (बागलुङ), ३० वैशाख
स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम बडिगाड गाउपालिका ३ सिसाखानीबाट शुभारम्भ भएको छ । आम जनताको स्वास्थ्यलाई लक्षित गरि कार्यक्रम शुभारम्भ भएको हो ।
जिल्लाको १० वटै स्थानिय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनता प्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुशासनको निम्ति यो कार्यक्रम आयोजना गरिएको हो । गलकोट सामुदायिक सेवा केन्द्रको आयोजना तथा बडिगाड गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, स्वास्थ्य चौकी व्यवस्थापन समिति सँग अन्तरक्रिया, दोस्रो चरणमा सिसाखानीस्थित स्यालाको दलित बस्ती र हातेमालो आमा समूहसँग सामूहिक अन्तरकृया तथा छलफल, तेस्रो चरणमा स्वास्थ्य चौकी र स्थानीयसँग तथ्याङ्क संकलन र चौथो चरणमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेला सम्पन्न भएको छ । अन्तरक्रियामा गलकोट सामुदायिक सेवा केन्द्रका सामाजिक परीक्षक मञ्जु शर्मा चालिसे र थम्मन थापा सन्देशले सहजीकरण गर्नु भएको थियो ।

अन्तरकृयामा सेवाग्राहीले सिसाखानी स्वास्थ्य चौकी मार्फत हाल प्राप्त सेवाहरु सन्तोषजनक रहेको, सेवा प्रवाहमा विभेद नरहेको र अब खानेपानीको सहज व्यवस्थापन सककगै स्वास्थ्य चौकीमा प्रसुति गृह बर्थिङ सेन्टर आवश्यकता रहेको भन्दै ती कुराहरू माग गरेका छन । आम भेलामा समुदायद्वारा प्रस्तुत गरेका ज्ञिगासाहरुको सिसाखानी स्वास्थ्य चौकीका प्रमुख किरण बाबु भुजेल र वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खड्ग पुनले स्पष्ट पार्नु भएको थियो । वडा अध्यक्ष पुनले सिसाखानीमा छिट्टै बर्थिङ सेन्टरको स्थापना खानेपानीको समस्यालाई समाधान गर्न लिफ्टिङ सिष्टम मार्फत खानेपानीको योजना वडाले अगाडी बढाईसकेको जानकारी समेत गराउनुभएको थियो । सो अवसरमा स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधामा आफुहरु सन्तुष्ट रहेको आम समुदायले धारणा राखेका थिए । सामाजिक परिक्षण कार्यको आम भेला बडिगाड गाउपालिका ३ सिसाखानीका अध्यक्ष खडग पुनको अध्यक्षता, वडा सदस्य चुराबहादुर पुनको स्वागत र सामाजिक परीक्षक थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisment