मगर चलचित्र ‘ट्याङ्चलाक’को फस्ट लुक सार्वजनिक

काठमाडौं, १४ वैशाख
मगर भाषा र मगर विषयवस्तुमा निर्माण गरिएको चलचित्र ट्याङ्चलाक (उज्यालो उन्मुख)को कौरा गीत, चलचित्रको पोस्टर, को प्रचार सामग्री काठमाडौंमा शनिबार सार्वजनिक गरिएको छ ।
मगर र गुरुङ चलचित्रका प्रथम निर्देशक युवराज मास्की, पहिलो मगर चलचित्रका नायक तथा ट्याङ्चलाक चलचित्रका कलाकार राज थापामगर, ट्याङ्चलाक चलचित्रको कलाकार तिला (प्रभा) मगरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । चलचित्रसँग सम्बन्धित रहेर पत्रकारहरुको जवाफ चलचित्रका कथा, लेखन र निर्देशक मेजन पुन, राज थापा मगर र तिला मगरले दिएका थिए । यस चलचित्र दमौली तनहुँको अलैचे, मानुङकोट र दमौलीमा गरिएको जानकारी निर्देशकले दिनुभयो ।
अधिकांश मगर भाषामा छायाङ्कन गरिएको यो चलचित्र फिमला इन्टरटेन्टमेन्ट पोखराको ब्यानरमा निर्माण गरिएको छ । जसमा सुजन थापा मगर, सनम आले मगर, राज थापा मगर, तिला मगर, सुमन मगर, शिला राना, बसन थापा मगर, गीता रखाली मगर, रचना थापा मगर, शिल्पा थापा मगर, मञ्जु मगर, समीर थापा मगर, मनिराज थापा मगर, भरत पुन, बोम पुन, सिरीमाया थापा मगर, रोहन तन्डुकार, टिका गिरी, कमल गिरी, किशोर खनाल, हममाया पुन आदिले अभिनय गरेका छन् ।
यस चलचित्रको कौरा गीतको संगीत र गायन पदम थापामगरले गरेका छन् भने उनलाई गायनमा गगन पुन र पवन रानामगरले दिएका छन् । यस चलचित्रको छायाङ्कन प्रवीणजंग खड्काले गरेका छन् ।

Advertisment