मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस अध्यक्षमा सोनम थापामगर

पोखरा, १४ वैशाख
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समिति, पोखराको २१ औं अधिवेशनबाट अध्यक्षमा सोनम थापामगर सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा प्रकाश थापामगर, सचिवमा कृष्टि आलेमगर, सह–सचिवमा योगेन्द्र थापामगर र कोषाध्यक्षमा देवी रानामगर रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा सनम पुनमगर, सुशीला पुनमगर, दजिना पाइजामगर, विकास रानामगर, राधा थापामगर, ठला थापामगर, दिव्या रानामगर, स्मारिका घर्तीमगर, नरमाया थापामगर, सुनिता थापामगर र कृष्ण बुढामगर चयन हुनुभएको छ । संघका पूर्व केन्द्रीय सदस्य गोविन्द पुनमगर नेतृत्वको निर्वाचन मण्डलले सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन मण्डलका सदस्यहरूमा केन्द्रीय सदस्यद्वय दिनेश रोकामगर र तुलसी पुर्जामगर तथा निवर्तमान जिल्ला सचिव प्रेम बुढामगर रहनुभएको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन गण्डकी प्रदेशकी सांसद् सावित्री रानामगरले गर्नुभएको थियो । अधिवेशनलाई पृथ्वीनारायण क्याम्पस, पोखराका सहायक क्याम्पस प्रमुख महेन्द्र आलेमगर, संघका महासचिव प्रेम रोकामगर, पूर्व केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सदस्यद्वय दिनेश रोकामगर र तुलसी पुर्जामगर, कास्की जिल्ला उपाध्यक्ष हिरा पुर्जामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, कास्कीका अध्यक्ष सुजनकुमार तामाङलगायतले सम्बोधन गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिका निवर्तमान अध्यक्ष राजीव थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विशाल पुनमगर र उपाध्यक्ष किरण रानामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment