कास्कीको मादी–७ का आमा दिदीबहिनीलाई बोल्ने कला तालिम

पानीघाट (कास्की), १४ वैशाख
कास्कीको मादी गाउँपालिका वडा नं. ७ मा वडा महिला समन्वय समितिको आयोजना तथा वडा कार्यालयको सहयोगमा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
मादी–७ का आमा दिदीबहिनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा नेतृत्व विकास गर्ने उद्देश्यले महिला सशक्तिकरणका लागि उद्घोषण तालिम सम्पन्न भएको हो ।
मादी–७ मेलबोटमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मादी–७ का वडा अध्यक्ष लालबहादुर गुरुङले अब तालिमपछि महिलाहरुमा आत्माविश्वास बढ्ने भन्दै भोलिका दिनबाट सबै महिलाहरु अग्रसर भएर समाजमा अघि बढनुपर्ने र भाषण गर्न सक्नुपर्ने बताउनुभयो । साथै उहाँले महिलाहरु पनि वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष बन्न सक्ने भन्दै आफनो क्षमता र नेतृत्व तथा व्यक्तित्व विकासमा ध्यान दिन सबै आमा दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै, कार्यक्रममा प्रशिक्षकद्वय रूद्र श्रीसमगर र रोशनी गुरुङले छोटो समयमा धेरै कुरा सिकाउन नसकेता पनि जे जति सिकायो त्यसलाई व्यवहारमा उतार्न सबै प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा आमा समूहकी अध्यक्ष श्रीलक्ष्मी गुरुङ र प्रशिक्षार्थीहरू विनिता लामिछाने, लीला तामाङले आफनो तालिम अनुभव सुनाउनुभएको थियो भने कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने प्रशिक्षकहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
महिला समन्वय समितिका अध्यक्ष उषा थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य तथा तालिमका प्रशिक्षार्थी निर्मला लामिछानेले गर्नुभएको थियो । तालिममा २१ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा पत्रकारद्वय रूद्र श्रीसमगर र रोशनी गुरुङले सहजीकरण गर्नुभएको थियो ।

Advertisment