पत्रकार महासंघ, गण्डकीकाे प्रदेशस्तरीय मिडिया सम्मेलन सुरु

पाेखरा, १३ वैशाख

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिकाे अायाेजनामा पाेखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सुरु भएकाे छ । साे मिडिया सम्मेलनकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका अान्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले प्रेस स्वतन्त्रताकाे रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनुभयो । प्रेससँग सराेकार राख्ने कानूनहरू निर्माण गर्दा पत्रकार महासंघसँग अावश्यक छलफल गरेर मात्रै अघि बढ्ने भन्दै कानून मन्त्री अजितले पत्रकारकाे पेशागत हित र सुरक्षाका लागि प्रदेश सरकारले अावश्यक नीति निर्माणमा जाेड दिने बताउनुभयो । संघीयताको वास्तविक कार्यान्वयनमा प्रेस जगतले प्रदेश सरकारलाई सघाउन अाग्रह गर्दै उहाँले सिर्जनात्मक अालाेचनामार्फत सरकारलाई खबरदारी र सचेत गराउन समेत अपिल गर्नुभयाे । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेसविराेधी कानून निर्माणमा सरकार लागेकाे हाे कि भन्ने अाशंका बढेकाे भन्दै प्रेससँग साइनो नै नभएकाे कानून लगाएर पत्रकारलाई हत्कडी लगाउनु लाेकतन्त्र र संविधानविपरीत भएकाे बताउनुभयो । पत्रकारले पनि साेंच्नुपर्ने बेला अाएकाे भन्दै उहाँले प्रेस स्वतन्त्रताका लागि पत्रकार सडकमै अाेर्लनुपर्ने अवस्था अाउनु विडम्बनापूर्ण भएकाे उल्लेख गर्नुभयाे । रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कारका संरक्षक पर्यटन व्यवसायी गाेपीबहादुर भट्टराईले पर्यटन र समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भनाइ राख्नुभयाे । नेपाल पर्यटन बाेर्ड, गण्डकी प्रदेश कार्यालयकाे सभाहलमा शनिबारसम्म चल्ने मिडिया सम्मेलनकाे पहिलाे दिन समृद्धि र पत्रकारिता तथा समावेशिता र पत्रकारिताबारे छलफल भयाे । छलफलकाे पहिलाे सत्रमा पत्रकार वासुदेव मिश्रले गण्डकी प्रदेश याेजना अायाेगका उपाध्यक्ष डा. गिरिधारी शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अानन्दराज मुल्मीसँग छलफल गर्नुभयो । छलफलमा याेजना अायाेगका उपाध्यक्ष डा. शर्माले मिडियामा विकासका समाचारले प्राथमिकता पाउन नसकेकाे बताउनुभयो । त्यस्तै, महासंघका पूर्वअध्यक्ष मुल्मीले नागरिक स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता जगतकाे महत्त्वपूर्ण भूमिका रहेकाे भनाइ राख्नुभयाे । त्यसैगरी, छलफलकाे दाेस्राे सत्रमा पत्रकार जमुना वर्षा शर्माले समावेशिता र पत्रकारिताबारे नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र लेखक सावित्री गाैतमसँग छलफल गर्नुभयाे । महासंघका पूर्वअध्यक्ष गाउँलेले पत्रकारितामा पनि देशकाे वास्तविक तस्वीर झल्किनुपर्ने भनाइ राख्नुभयाे । लेखक गाैतमले शारीरिक उपस्थितिले मात्रै समावेशी नहुने भन्दै विषयवस्तुमा समावेशिता अावश्यक भएकाे धारणा राख्नुभयाे । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पाैडेलले पत्रकारिताप्रति अाम नागरिक र राज्यको अपेक्षा एवं अाम नागरिक र राज्यबाट पत्रकारिता क्षेत्रकाे अपेक्षाबारे छलफल गर्न मिडिया सम्मेलन अायाेजना गरिएको बताउनुभयो । मिडिया सम्मेलनमा पत्रकार र सहभागीहरुबीच अन्तरक्रिया समेत गरिएकाे थियाे । कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष नारायण शर्मा र महासचिव गणेश पाैडेलले पनि बाेल्नुभएकाे थियाे ।

Advertisment